शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ताप्लेजुङबाट योगेश भट्टराईसहित ५ जनाको नाम सिफारिस

शनिबार, १९ पुस २०८२, २० : १९
शनिबार, १९ पुस २०८२

सारांश

  • नेकपा (एमाले) ले ताप्लेजुङबाट योगेश भट्टराईसहित पाँच जनाको नाम प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिफारिस गरेको छ।
  • सिफारिसमा केन्द्रीय सदस्यद्वय तिलकुमार मेन्याङ्बो र क्षितिज थेबे, टङ्क आङ्बुहाङ र भीमादेवी ओझा रहेका छन्।
  • कांग्रेसले जिल्ला सभापति गजेन्द्र तुम्याहाङ र नेकपाले खेलप्रसाद बुढाक्षेत्रीको नाम सिफारिस गरेका छन्।

ताप्लेजुङ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले ताप्लेजुङबाट एमाले उपसचिव योगेश भट्टराईसहित पाँच जनाको नाम सिफारिस भएको छ ।

एमाले जिल्ला कमिटी शनिबार बसेको बैठकले भट्टराईसहित केन्द्रीय सदस्यद्वय तिलकुमार मेन्याङ्बो र क्षितिज थेबे, टङ्क आङ्बुहाङ र भीमादेवी ओझा सिफारिस भएका हुन् । भट्टराई २०७९ सालको निर्वाचनमा निर्वाचित भएका थिए ।

मेन्याङ्बो हाल कोशी प्रदेशका प्रदेशसभा सदस्य हुन् । ओझा फुङ्लिङ नगरपालिकाकी उपप्रमुख हुन् भने आङ्बुहाङ पूर्व कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री हुन् । थेबे राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष हुन् ।

नेपाली कांग्रेसले भने जिल्ला सभापति गजेन्द्र तुम्याहाङ र नेपाली कम्युनिस्ट पार्टीले खेलप्रसाद बुढाक्षेत्री (पराग) को एकल नाम सिफारिस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका दलले भने प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरिसकेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप