थारु कला–संस्कृतिलाई पर्यटनसँग जोडेर व्यावसायिक रूपमा अघि बढाउनुपर्छ: मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री आचार्यले थारु समुदायको कला, संस्कृति र सभ्यतालाई पर्यटनसँग जोड्नुपर्ने बताए।
- उनले माघ पर्वमा मात्र सीमित नराखी वर्षैभरि सांस्कृतिक गतिविधि गर्नुपर्नेमा जोड दिए।
- मुख्यमन्त्रीले थारु समुदायलाई राज्यको मूलधारमा ल्याउन प्रदेश सरकारले काम गरिरहेको बताए।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटनसँग जोडेर व्यावसायिक रूपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
थारु कल्याणकारिणी सभा दाङद्वारा शनिबार घोराहीमा आयोजित माघ सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले थारु कला–संस्कृतिलाई आम्दानीको दिगो स्रोतका रूपमा विकास गर्न सकिने बताए ।
उनले थारु समुदायका सांस्कृतिक गतिविधिहरू माघ पर्वका अवसरमा मात्र सीमित नराखी वर्षैभरि प्रस्तुत गर्नुपर्नेमा जोड दिए । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरी व्यवस्थित कार्यक्रमहरू सञ्चालन गर्न सके पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री आचार्यले थारु संस्कृति संरक्षणमा सक्रिय समुदायप्रति आभार व्यक्त गर्दै थारु समुदायलाई राज्यको मूलधारमा ल्याउने उद्देश्यका साथ प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको स्पष्ट पारे । थारु समुदायको कला, संस्कृति, सभ्यता र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न थारु सङ्ग्रहालयलाई सिकाइ तथा अध्ययनको केन्द्रका रूपमा उपयोग गरिएको पनि उनले बताए ।
संस्कार र संस्कृति पुस्तान्तरण हुनु आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यसको संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए ।
थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्ययतामा माघ सांस्कृतिक महोत्सवको उद्घाटन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण