बार्सिलोनालाई सात अंकको अग्रता
सारांश
- बार्सिलोनाले क्याटलान डर्बीमा एस्पानियोललाई पराजित गर्दै लिगमा ७ अंकको अग्रता बनाएको छ।
- खेलको अन्तिम समयमा ड्यानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई जित दिलाए।
- एस्पानियोल पाँचौ स्थानमा रहँदा रियल मड्रिडले जिते बार्सिलोनासँगको दूरी कम हुनेछ।
बार्सिलोना । स्पेनिस ला लिगा अन्तर्गत क्याटलान डर्बीमा एस्पानियोललाई पराजित गर्दै बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा सात अंकको स्पष्ट अग्रता बनाउन सफल भएको छ।
खेलको अन्तिम समयसम्म गोलरहित बराबरीमा रोकिएको ह्यान्सी फ्लिकको टोलीका लागि परिवर्तित खेलाडीद्वय ड्यानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गरे। निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा फर्मिन लोपेजको पासमा ओल्मोले उत्कृष्ट प्रहार गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ९०औं मिनेटमा लोपेजकै उत्कृष्ट मुभमा लेवान्डोस्कीले सहज फिनिसिङ गर्दै जित सुनिश्चित गरे।
यस सिजन ला लिगामा खेलको अन्तिम १५ मिनेटमा सबैभन्दा धेरै १२ गोल गर्ने कीर्तिमान पनि बार्सिलोनाले आफ्नो नाममा राखेको छ। खेलको सुरुवाती समयमा एस्पानियोलले केही राम्रा अवसर सिर्जना गरे पनि बार्सिलोनाका पूर्व गोलकिपर जोआन गार्सियाले उत्कृष्ट बचाउ गर्दै खेललाई लामो समयसम्म बराबरीमा राखेका थिए।
यो हारसँगै एस्पानियोल तालिकाको पाँचौँ स्थानमा यथावत छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडले आइतबार रियल बेटिसलाई पराजित गरेमा बार्सिलोनासँगको दुरी चार अंकमा झार्न सक्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण