भेनेजुएलामाथि अमेरिकी सैन्य आक्रमणको राष्ट्रिय जनमोर्चाद्वारा भर्त्सना
सारांश
- राष्ट्रिय जनमोर्चाले भेनेजुएलामाथि अमेरिकाको सैन्य आक्रमणको विरोध गरेको छ।
- जनमोर्चाले मदुरो र उनकी पत्नीलाई गिरफ्तार गरी अमेरिकी बन्दी शिविरमा पुर्याएको घटनालाई 'साम्राज्यवादी दादागिरी' भन्यो।
- जनमोर्चाले अमेरिकाको कदमलाई युद्धपिपासु चरित्रको पराकाष्ठा भन्दै विश्वव्यापी आवाज उठाउन आग्रह गरेको छ।
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको घटनाको तीव्र विरोध गरेको छ।
कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै मदुरो र उनकी पत्नीलाई गिरफ्तार गरी अमेरिकी बन्दी शिविरमा पुर्याएको घटनालाई 'साम्राज्यवादी दादागिरी' को संज्ञा दिएका छन्। अमेरिकाले आफ्नो स्वार्थ अनुकूल भेनेजुएलाको खनिज र पेट्रोलियम पदार्थ उपयोग गर्न नपाएपछि प्रतिशोध स्वरूप यो आक्रमण गरेको जनमोर्चाको ठहर छ।
एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकमाथि आक्रमण गरेर निर्वाचित राष्ट्रपतिलाई बन्दी बनाउनु अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको वडापत्र विरुद्धको कार्य भएको वक्तव्यमा उल्लेख छ। जनमोर्चाले अमेरिकाको यो कदमलाई युद्धपिपासु चरित्रको पराकाष्ठा भन्दै मदुरोको गिरफ्तारी विरुद्ध विश्वव्यापी आवाज उठाउन साम्राज्यवाद विरोधी शक्तिहरूलाई अपिल समेत गरेको छ।
भेनेजुएलाको आन्तरिक मामिलामा भएको यस किसिमको नाङ्गो हस्तक्षेपले विश्व शान्ति र राष्ट्रिय अखण्डतामाथि गम्भीर चुनौती थपेको जनमोर्चाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण