भेनेजुएलामा अमेरिकी हस्तक्षेपपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकासियो
सारांश
- अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गरेपछि सुन र चाँदीको मूल्यमा वृद्धि भयो।
- लगानीकर्ताहरू सुरक्षित लगानी खोज्दा सुनको भाउ एसियाली बजारमा १.८ प्रतिशतले बढ्यो।
- भेनेजुएलाको घटनाक्रमपछि तेल बजारमा 'पर्ख र हेर' को अवस्था छ, तर प्रभाव तत्काल नपर्ने अनुमान छ।
न्युयोर्क । अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा लिएपछि अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ।
भूराजनीतिक जोखिम बढ्ने आशङ्काका बिच लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा लागेपछि सोमबार एसियाली बजारमा सुनको भाउ १.८ प्रतिशतले बढेर प्रतिऔंस करिब ३ हजार २८२ डलर पुगेको छ। सोही समयमा चाँदीको मूल्य पनि ३.५ प्रतिशतले बढेको छ।
सन् २०२५ मा सुन र चाँदी दुवैले ऐतिहासिक रेकर्ड कायम गरेका थिए। सन् १९७९ पछिको सबैभन्दा उत्कृष्ट वृद्धि देखिँदै डिसेम्बर २०२५ मा सुनको भाउ प्रतिऔंस ४ हजार ५४९ डलर ७१ सेन्टको उच्चतम बिन्दुमा पुगेको थियो। अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने अपेक्षा, बैंकहरूले गरेको ठुलो परिमाणको सुन खरिद र विश्वव्यापी आर्थिक अनिश्चितताले वर्षभरि नै सुनको मूल्यलाई टेवा पुऱ्याएको हो।
यता भेनेजुएलाको घटनाक्रमपछि तेल बजारमा भने ‘पर्ख र हेर’ को अवस्था देखिएको छ। सोमबार मध्याह्न नेपाली समयअनुसार ११ः४५ बजे ब्रेन्ट क्रुडको भाउ ०.७९ प्रतिशतले घटेर प्रतिब्यारेल ६० डलर २३ सेन्टमा कारोबार भएको छ। विश्वको कुल तेल उत्पादनमा भेनेजुएलाको हिस्सा १ प्रतिशतभन्दा कम रहेको र त्यहाँको तेल पूर्वाधार जीर्ण अवस्थामा रहेकाले यस हस्तक्षेपले तेलको मूल्यमा तत्काल ठुलो प्रभाव नपर्ने विश्लेषकहरूको तर्क छ।
यद्यपि, राष्ट्रपति ट्रम्पले भेनेजुएलाको तेल अमेरिकाले चलाउने घोषणा गरेसँगै आगामी दिनमा ऊर्जा बजारमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा अन्योल कायमै छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण