यूएईबाट ‘विश्व सन्देश’ पत्रिकाको शुभारम्भ
सारांश
- यूएईबाट 'विश्व सन्देश' नामक नेपाली मासिक पत्रिकाको औपचारिक प्रकाशन सुरु भएको छ, जसको उद्देश्य नेपाली भाषा, संस्कृति र इतिहासको संरक्षण गर्नु हो।
- नेपालका राजदूत तेजबहादुर क्षेत्रीले पत्रिकाको उद्घाटन गरे, र उनले नेपाली समुदायलाई पत्रिका पढ्न र प्रवर्द्धन गर्न आग्रह गरे।
- 'विश्व सन्देश' ले मध्यपूर्व, एसिया र अन्य महादेशहरूमा विस्तार गर्ने योजना बनाएको छ, र यसले नेपालीहरूको जीवनकथा अभिलेख गर्ने लक्ष्य राखेको छ।
यूएई । नेपाली भाषा, संस्कृति र इतिहासलाई प्रवासमा संस्थागत रूपमा जोगाउने उद्देश्यसहित नेपाली मासिक पत्रिका ‘विश्व सन्देश’ युनाइटेड अरब इमिरेट्स (यूएई) बाट औपचारिक प्रकाशन सुरु भएको छ ।
सन् २००८ मा अमेरिकाबाट साप्ताहिक रूपमा सुरु भएको पत्रिका समयक्रममा पाक्षिक हुँदै मासिक रूपमा निरन्तर प्रकाशित हुँदै आएको थियो । अब यूएईलाई नयाँ प्रकाशन केन्द्र बनाएर पत्रिकाको विस्तार गरिएको हो ।
यूएईमा आयोजित विशेष समारोहमा नेपालका राजदूत तेजबहादुर क्षेत्रीले रिबन काटेर पत्रिकाको औपचारिक उद्घाटन गरे । कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष मेघराज सापकोटाले गरेका थिए ।
समारोहमा विशेष अतिथिका रूपमा विजयराम पौडेल तथा विश्व सन्देश ग्लोबलका अध्यक्ष एवं कार्यकारी प्रमुख योगेश सहभागी थिए । कार्यक्रममा यूएईमा सक्रिय विभिन्न नेपाली संघ–संस्थाका पदाधिकारी, एनआरएनए प्रतिनिधि, व्यवसायी, कलाकार, पत्रकार र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा राजदूत क्षेत्रीले नेपाली समुदायलाई पत्रिका पढ्न, प्रवर्द्धन गर्न र संरक्षण गर्न आग्रह गर्दै ‘विश्व सन्देश’ नेपाली इतिहास, संस्कार र पहिचानको दस्तावेज भएको बताए । उनले नेपाली भाषा र सभ्यताको प्रवर्द्धनमा योगदान गर्ने यस्ता प्रयासमा कूटनीतिक नियोगको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
विश्व सन्देश ग्लोबलका कार्यकारी प्रमुख योगेशले न्यूयोर्कबाट सुरु भएको पत्रिकालाई मध्यपूर्व, एसिया तथा अन्य महादेशहरूमा विस्तार गर्ने दीर्घकालीन योजना रहेको जानकारी दिए । आगामी दिनमा पत्रिकालाई पुनः साप्ताहिक रूपमा प्रकाशन गर्ने लक्ष्यसमेत तय गरिएको उनले बताए ।
कार्यकारी अध्यक्ष विजयराम पौडेलले डिजिटल युगमा पनि प्रिन्ट मिडियाको विश्वसनीयता र ऐतिहासिक महत्त्व उच्च रहेको उल्लेख गर्दै प्रवासमा रहेका नेपालीहरूको संघर्ष, सफलता र जीवनकथालाई अभिलेख गर्ने जिम्मेवारी ‘विश्व सन्देश’ ले पूरा गर्ने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष मेघराज सापकोटाले यूएईमा रहेका नेपाली समुदायका उपलब्धि, उद्यमशीलता र सामाजिक गतिविधिलाई उजागर गर्दै जनचेतना अभिवृद्धिमा पत्रिकाले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
झण्डै ८ लाख नेपाली श्रमिक तथा व्यवसायी बसोबास गरिरहेको यूएईमा ‘विश्व सन्देश’ पहिलो नेपाली भाषाको मासिक म्यागाजिनका रूपमा प्रकाशनमा आएको हो । मध्यपूर्व क्षेत्रमा नेपाली भाषामा पत्रिका प्रकाशनको नयाँ इतिहास रच्दै अब यसलाई कतार, साउदी अरेबिया र कुवेतलगायत अन्य देशहरूमा समेत विस्तार गर्ने लक्ष्य लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण