उपराष्ट्रपति जेडी भान्सको घरमा तोडफोड गर्ने व्यक्ति पक्राउ
सारांश
- ओहायोमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको निवासमा तोडफोड गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
- पक्राउ परेका व्यक्तिले घरको झ्याल र सेक्रेट सर्भिसको गाडीमा क्षति पुर्याएका थिए।
- घटना हुँदा उपराष्ट्रपति र उनको परिवार घरमा थिएनन्, उनीहरू वाशिंगटन फर्किसकेका थिए।
ओहायो । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको ओहायोस्थित निवासमा झ्यालका सिसा फुटाउने र सरकारी सम्पत्तिमा क्षति पुर्याउने एक व्यक्तिलाई पक्राउ गरिएको छ। अमेरिकी सेक्रेट सर्भिसले सोमबार बिहान सबेरै २६ वर्षीय विलियम डी. डिफुरलाई नियन्त्रणमा लिएको हो।
ओहायोको दक्षिणी जिल्लास्थित सरकारी वकिलको कार्यालयका अनुसार डिफुरमाथि सरकारी सम्पत्तिमा क्षति पुर्याएको, निषेधित क्षेत्रमा भौतिक हिंसा गरेको र संघीय अधिकारीहरूलाई बाधा पुर्याएको जस्ता संघीय आरोपहरू लगाइएको छ।
सेक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले सार्वजनिक गरेको विवरण अनुसार सिनसिनाटी सहरको पूर्वमा रहेको भान्सको घरमा खटिएका एजेन्टहरूले मध्यरातमा एक व्यक्तिलाई घरको अगाडिको बारमा दौडिरहेको र सिमाना मिचेको देखेका थिए। हातमा हतौडा बोकेका ती व्यक्तिले घरको पार्किङमा राखिएको सेक्रेट सर्भिसको एउटा गाडीमा तोडफोड गरेका थिए भने त्यसपछि घरको अगाडि पुगेर झ्यालका सिसाहरू फुटाएका थिए।
घटनाका समयमा उपराष्ट्रपति भान्स र उनको परिवार घरमा थिएनन्। उनीहरू सप्ताहान्त मनाएर आइतबार नै वासिङ्टन फर्किसकेका थिए।
अधिकारीहरूले घटनास्थलबाट भाग्न खोज्दा डिफुरलाई नियन्त्रणमा लिएका थिए। प्रारम्भिक प्रतिवेदनका अनुसार ती व्यक्तिले करिब २८ हजार डलर बराबरको सम्पत्ति क्षति पुर्याएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण