गजल रेस्टुरेन्टमा बालिकालाई बन्धक बनाएर यौनधन्दा, सञ्चालकसहित दुई पक्राउ
सारांश
- विराटनगरको एक गजलमा काम गर्ने १६ वर्षीया बालिकालाई बन्धक बनाएर यौनधन्दामा लगाएको आरोपमा दुई जना पक्राउ परेका छन्।
- पीडित किशोरीलाई शारीरिक यातना दिने र भारतीय ग्राहकसँग यौनसम्पर्क राख्न बाध्य पारिएको आरोप छ।
- प्रहरीले गजल सञ्चालक पर्शुराम कामत र कर्मचारी मनिष ठाकुरलाई पक्राउ गरी मानव बेचबिखन मुद्दामा अनुसन्धान गरिरहेको छ।
विराटनगर । विराटनगर महानगरपालिका–११ रोडशेषस्थित ‘भिन्तुना गीत गजल’मा कार्यरत १६ वर्षीया बालिकालाई बन्धक बनाएर यौनधन्दामा लगाएको आरोपमा प्रहरीले सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ।
गजलमा काम गर्ने किशोरीलाई भारतीय नागरिकहरूसँग यौनजन्य क्रियाकलाप गर्न बाध्य पार्ने र शारीरिक यातना दिने गरेको उजुरीपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
झापाको कनकाई नगरपालिका–१ घर भएकी ती किशोरी विगत पाँच महिनादेखि उक्त गजलमा काम गर्दै आएकी थिइन्। गजल सञ्चालक र त्यहाँ कार्यरत अर्का व्यक्ति मिलेर उनलाई एउटा कोठामा बन्धक बनाई शारीरिक यातना दिने तथा भारतीय ग्राहकसँग यौनसम्पर्क राख्न लगाउने गरेको खुलेको छ। गोप्य सूचनाका आधारमा तत्काल खटिएको प्रहरी टोलीले पीडित किशोरीको उद्धार गरेको थियो।
पीडितले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सोमबार गजल सञ्चालक विराटनगर–१२ का ३३ वर्षीय पर्शुराम कामत र सोही गजलमा काम गर्ने विराटनगर–८ का २६ वर्षीय मनिष ठाकुरलाई पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जनामाथि मानव बेचबिखन तथा शरीर बन्धक कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको मोरङकी प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण