अमेरिकाले नेपाललाई पनि राख्यो भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने देशको सूचीमा
सारांश
- अमेरिकाले नेपाली नागरिकलाई पर्यटक वा व्यावसायिक भिसाका लागि धरौटी राख्नुपर्ने नियम बनाएको छ।
- जनवरी २१ देखि लागु हुने नियम अनुसार, न्युनतम ५ हजारदेखि १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्नेछ।
- धरौटी फिर्ता पाउन तोकिएको समयमा अमेरिका छाड्नुपर्ने, भिसाको सर्त उल्लंघन नगर्ने जस्ता प्रावधान छन्।
काठमाडौँ । अमेरिकाले हालैका वर्षमा भिसासम्बनधी नियममा व्यापक कडाइ गर्दै आइरहेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने देशको संख्या बढाएर तेब्बर बनाएको छ । पछिल्लो पटक थपिएका देशको सूचीमा नेपालको पनि नाम समावेश छ । अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार अब नेपाली नागरिकले पनि अमेरिकाको पर्यटक वा व्यावसायिक (बी–१ र बी–२) भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने भएको छ ।
यो नियम जनवरी २१ देखि लागु हुने भनिएको छ ।
भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले व्यक्तिको अवस्था हेरेर धरौटीको रकम तय गर्नेछन् । यस्तो धरौटीको न्यूनतम रुपैयाँ ५ हजार अमेरिकी डलरदेखि अधिकतम् १५ हजार अमेरिकी डलर हुनेछ । यो रकम अमेरिकी सरकारको आधिकारिक पोर्टल पे डट गभ मार्फत सीधै जम्मा गर्नुपर्नेछ । कुनै पनि तेस्रो पक्ष वा एजेन्टलाई यस्तो रकम नबुझाउन मन्त्रालयले सर्तक गराएको छ ।
भिसा बन्ड राखेर अमेरिका जाने नेपालीहरूले आफू खुसी जुनसुकै विमानस्थल प्रयोग गर्न पाउने छैनन् । न्युयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, वासिङ्गटन डीसीस्थित वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थल र बोस्टनको बोस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै अमेरिका छिर्न र बाहिरिन पाइनेछ ।
यीबाहेक अन्य विमानस्थल प्रयोग गरेमा धरौटी रकम जफत हुने र भविष्यमा प्रवेशमा रोक लाग्न सक्ने चेतावनी अमेरिकी विदेश मन्त्रालयले दिएको छ ।
यसरी फिर्ता हुन्छ धरौटीको रकम
यसरी धरौटीस्वरुप राखिएको रकम पूर्ण रूपमा फिर्ता गरिनेछ । तर त्यसका लागि आवेदकले कैयौं सर्त पूरा गर्नुपर्नेछ । तोकिएको समयभित्रै अमेरिका छोडेमा, भिसाको सर्त उल्लंघन नगरेमा, तोकिएको ३ वटा विमानस्थलबाट बाहिरिएको रेकर्ड देखिएमा मात्र धरौटी रकम फिर्ता हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
भिसाको म्याद नाघेपछि पनि अमेरिकामा बस्ने वा त्यहाँ पुगेर शरणार्थी हैसियतका लागि दाबी गर्नेको धरौटी रकम जफत हुने नियम छ । अमेरिका पुगेपछि समयमै आफ्नो देश नफकर्ने नागरिक धेरै भएका देशहरूलाई लक्षित गरी यो 'पाइलट प्रोग्राम' ल्याइएको अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।
नेपालसँगै यो सूचीमा बंगलादेश, भुटान, नाइजेरिया र भेनेजुएलालगायत ३८ देशहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
-
९ उपसचिवसहित २८ कर्मचारीको सरुवा (सूचीसहित)
-
प्रत्यक्ष जलमार्गको सम्बन्धको सम्भावना खोज्दै बङ्गलादेश र माल्दिभ्स
-
सुनसरीमा संयुक्त रूपमा सुरक्षा योजना निर्माण र परिचालन गर्ने निर्णय
-
‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा.कोइरालालाई
-
विप्लव भन्छन्– गोली र दमनले जनता होइन सत्ता ढाल्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण