प्रगतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच चुनावी सहकार्य गर्ने सहमति
बुधबार, २३ पुस २०८२, १७ : ०७
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले चुनावी सहकार्य गर्ने सहमति गरेका छन्।
- दुवै पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्ने भएका छन्।
- पार्टी एकताका लागि छलफल अगाडि बढाउने र अभियानमा सहभागी हुन आह्वान गरिएको छ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र राष्ट्रिय परिवर्तन पार्टीबिच चुनावी सहकार्य गर्ने सहमति भएको छ। बुधबार ती दुई पार्टीबिच चुनावी सहकार्य गर्ने सहमति भएको हो ।
‘आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा दुई पार्टीबिच सहकार्य गर्ने सहमति भयो । साथै आजकै दिनबाट पार्टी एकताका लागि छलफल अगाडि बढाउने सहमति भयो’ दुई पार्टीद्वारा जारी संयुक्त सहमति पत्रमा भनिएको छ ।
सहमति पत्रमा देश तथा विदेशमा बस्ने परिवर्तनशील, देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई आफूहरूको अभियान सहभागी हुन समेत आह्वान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण