विशेष महाधिवेशन
देउवा समूहसँग वार्ता गर्न विशेष महाधिवेशन पक्षधरद्वारा चार नेता खटाइयो
सोमबार, २८ पुस २०८२, २२ : २४
१
सारांश
- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि पहल सुरु भएको छ।
- विशेष महाधिवेशन पक्षधर र देउवा समूहबीच वार्ता गर्न समिति गठन गरिएको छ।
- दुवै पक्षबीच सहमतिको बिन्दु खोज्ने र पार्टीलाई एकताबद्ध बनाउने प्रयास हुनेछ।
काठमाडाैँ । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि पार्टीभित्र पहल थालिएको छ ।
जारी विशेष महाधिवेशसँगै उत्पन्न संकट समाधानको प्रयासस्वरूप विशेष महाधिवेशन पक्षधरको तर्फबाट सभापति शेरबहादुर देउवा समूहसँग औपचारिक वार्ता गर्न चार सदस्यीय समिति गठन गरिएको छ । समितिमा प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे रहेको एक नेताले बताए ।
त्यसैगरी, देउवा समूहको तर्फबाट स्वयम् सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का वार्तामा सहभागी हुने तय भएको छ । दुवै पक्षबीच छिट्टै वार्ता गरेर सहमतिको बिन्दु खोज्ने र पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने प्रयास गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण