सल्यानमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु
सारांश
- सल्यानमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
- मृतक ६५ वर्षीय चन्द्र बहादुर खप्तडी घरदेखि ३०० मिटर टाढा घट्टमा पिठो पिस्न गएका थिए।
- प्रहरी र स्थानीयवासीले खोजी गर्दा खप्तडीको शव फेला पारे, सल्यानमा बाघको आक्रमण फेरि दोहोरियो।
सुर्खेत । सल्यानमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका–६, हात्तीढुंगाका ६५ वर्षीय चन्द्र बहादुर खप्तडी रहेका छन् ।
सल्यान प्रहरीका अनुसार, खप्तडी सोमबार दिउँसो १२ बजे आफ्नै घरदेखि करिब ३०० मिटर टाढा रहेको घट्टमा पिठो पिस्न गएका थिए ।
साँझसम्म पनि घर नफर्किएपछि स्थानीयले उनी बाघको आक्रमणमा परेको आशंका गरेका थिए । स्थानीयवासीले मंगलबार बिहानै प्रहरी चौकी घुईयाबारीमा फोनमार्फत जानकारी गराए ।
जानकारी पाउनासाथ प्रहरी नायव निरीक्षक लाल बहादुर थापाको कमान्डमा ३ जनाको प्रहरी टोली, बाँके राष्ट्रिय निकुञ्ज सुरक्षा पोस्ट घुईयाबारीबाट जमदार यज्ञ बहादुर कुमालको कमान्डमा ७ जनाको आर्मी टोली सहित स्थानीयवासी मिलेर खोजी कार्य सुरु गरिएको भयो ।
खोजीका क्रममा ११ बजे मृतक खप्पतडीको शव भेटिएको सल्यान प्रहरीले जनाएको छ । सल्यानमा केही दिनअघि मात्रै पनि बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण