विद्युत् प्राधिकरण पोखराका तत्कालीन प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सारांश
- अख्तियारले पोखरा वितरण केन्द्रमा ९०० मिटर तामाको तार हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको छ।
- तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ, जसमा १३ लाख ९३ हजार ६०३ रुपैयाँ बिगो कायम गरिएको छ।
- स्टोर प्रमुख र सुरक्षा गार्डहरूको मिलेमतोमा आर्थिक वर्ष २०७९/८० मा तामाको तार गायब पारिएको अनुसन्धानबाट खुलेको छ।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रमा रहेको ९०० मिटरभन्दा बढी तामाको तार हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रमुख राजीव कुमार सिंह, तत्कालीन सहायक लेखा अधिकृत लोक प्रसाद काफ्ले, सुरक्षा गार्डहरु राम कुमार पुर्जा र हेम शर्मा रिमालविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले केन्द्र प्रमुख राजीव कुमार सिंह र स्टोर प्रमुख लोक प्रसाद काफ्लेलाई १३ लाख ९३ हजार ६०३ रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ । त्यस्तै, सुरक्षा गार्डहरू राम कुमार पुर्जा र हेम शर्मा रिमाललाई उक्त कार्यमा मतियार बनेको ठहर गर्दै मुख्य कसुरदार सरह नै सजाय र बिगो असुल उपर गर्न मागदाबी लिइएको छ ।
पोखरा वितरण केन्द्रअन्तर्गतको कोत्रे पोल प्लान्टमा रहेको स्टोरबाट विभिन्न परिमाणका बहुमूल्य तामाका तारहरू गायब पारिएको अनुसन्धानबाट खुलेपछि आयोगले मुद्दा चलाएको हो ।
आर्थिक वर्ष २०७९/८० मा स्टोरमा मौज्दात रहेको उक्त तार हराएको भनी स्टोर प्रमुख लोक प्रसाद काफ्लेले २०८० वैशाख ५ गते कार्यालय प्रमुखलाई जानकारी गराएका थिए । तर, छानबिनका क्रममा कार्यालय प्रमुख, स्टोर प्रमुख र सुरक्षा गार्डहरूको आपसी मिलेमतोमा योजनाबद्ध तवरले तार गायब पारिएको भेटिएको अभियोगपत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण