अधिकांश अमेरिकी भन्छन्– ट्रम्प गलत प्राथमिकतामा केन्द्रित भए
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस फर्किएको एक वर्ष हुन लागेकाे छ । उनको दोस्रो कार्यकालको पहिलो वर्षलाई अधिकांश अमेरिकी नागरिकहरूले असफल मानेका छन् ।
एसएसआरएसले सीएनएनका लागि गरेको सर्वेक्षणअनुसार ५८ प्रतिशत अमेरिकीले ट्रम्पको पहिलो वर्ष असफल बताएका छन् । उनी देशका गलत प्राथमिकतामा केन्द्रित भएको धारणा बहुमतले राखेका छन् ।
अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा सर्वेक्षणको नतिजामा ट्रम्प र उनको रिपब्लिकन पार्टीका लागि खासै सकारात्मक सङ्केत देखिएको छैन ।
हाउस र सिनेटका लागि हुने लागेको आगामी निर्वाचनमा अर्थतन्त्र नै प्रमुख मुद्दा बन्ने देखिएको छ । सर्वेक्षणमा सहभागी अमेरिकीहरूले अन्य कुनै पनि विषयभन्दा झन्डै दुई गुणा बढीले अर्थतन्त्रलाई देशको सबैभन्दा ठुलो समस्या बताएका छन् । तर ट्रम्पले यसलाई प्रभावकारी रूपमा सम्बोधन गरिरहेको प्रमाणित गर्न सङ्घर्ष गरिरहेको सर्वेक्षणले देखाउँछ ।
हालको आर्थिक अवस्थासम्बन्धी धारणा विगत दुई वर्षदेखि झन्डै उस्तै नकारात्मक रहे पनि भविष्यप्रति निराशा बढेको देखिन्छ । एक वर्षपछि अर्थतन्त्र राम्रो हुने अपेक्षा गर्नेको संख्या ४१ प्रतिशतमा झरेको छ, जुन ट्रम्पले शपथ लिनुअघि ५६ प्रतिशत थियो । ५५ प्रतिशत अमेरिकीले ट्रम्पका नीतिहरूले देशको आर्थिक अवस्था झन् खराब बनाएको बताएका छन् । ३२ प्रतिशतले मात्र सुधार भएको मानेका छन् ।
दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन ट्रम्पले पर्याप्त प्रयास नगरेको धारणा ६४ प्रतिशतले राखेका छन् । रिपब्लिकन पार्टीभित्र नै करिब आधाले उनले अझ धेरै काम गर्नुपर्ने बताएका छन् ।
ट्रम्पले आम नागरिकको चासोलाई प्राथमिकता नदिएको भन्ने भावना पनि बलियो हुँदै गएको छ । हाल ३६ प्रतिशतले मात्र ट्रम्पका प्राथमिकता सही भएको बताएका छन् । आफूजस्तै सर्वसाधारणको ख्याल उनले गर्छन् भन्ने विश्वास गर्नेको संख्या एक तिहाइमा खुम्चिएको छ ।
ट्रम्प देशको हितभन्दा व्यक्तिगत फाइदालाई अगाडि राख्छन् भन्ने धारणा सर्वेक्षणमा व्यापक पाइएको छ । आधाभन्दा कमले मात्र उनी प्रभावकारी रूपमा काम गर्न सक्षम रहेको मानेका छन् । उनलाई राष्ट्रपति पाउँदा गर्व लाग्ने बताउनेको संख्या ३५ प्रतिशतले मात्र छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण