म्याग्दीमा एक युवतीको हत्या
आइतबार, ०४ माघ २०८२, ११ : ३१
सारांश
- म्याग्दीको सिवाङमा २० वर्षीया पुनमाया विकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ।
- गम्भीर घाइते विकको बेनी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।
- प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी गरिरहेको छ र घटनास्थलमा पुगिसकेको छ।
पोखरा । म्याग्दीमा एक युवतीको हत्या भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–७, सिवाङ झिनडाँडामा गएराति धारिलो हतियार प्रयोग गरी २० वर्षीया पुनमाया विकको हत्या गरिएको हो ।
राति साढे १० बजे घर बाहिर एक्कासि पछाडिबाट प्रहार गरेपछि गम्भीर घाइते बनेकी उनको बेनी अस्पतालमा उपचारको क्रममा निधन भएको म्याग्दी प्रहरीले जनाएको छ ।
प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । विकको हत्यामा संलग्नको खोजी भइरहेको डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण