काठमाडौँ- ५ मा राप्रपाले बनायो कमल थापालाई उम्मेदवार
सारांश
- राप्रपाले काठमाडौं ५ मा पूर्वअध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
- संसदीय समितिको बैठकले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो, तर उनी तल्लो कमिटीबाट सिफारिस भएका थिएनन्।
- थापाको उम्मेदवारी निश्चित भएपछि सिफारिस भएका अन्य नेताहरू असन्तुष्ट बनेका छन्।
काठमाडौँ । राप्रपाले काठमाडौँ- ५ मा पूर्वअध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बसेको राप्रपा संसदीय समितिको बैठकले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
थापाले आफूले टिकट पाएको पुष्टि गरे । थापा यसअघि तल्लो कमिटीबाट भने सिफारिस भएका थिएनन् । थापाको उम्मेदवारी निश्चित भएसँगै सिफारिस भएकाहरू असन्तुष्ट बनेका छन् । उसो त तल्लो कमिटीमा जेनजीको भावनाअनुसार युवालाई टिकट दिएर अघि बढ्नुपर्ने मत रहेपनि केन्द्रमा निर्णय हुँदा त्यसविपरीत निर्णय भएको एक नेताले बताए । उनी केही साताअघि मात्रै पार्टी एकता गरेर राप्रपामा भित्रिएका थिए ।
कमल थापा लड्ने भनिएको सो क्षेत्रबाट पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, हिक्मतजङ्ग कार्की लगायत सिफारिस भएका थिए । अघिल्लो निर्वाचनमा थापा एमालेको सूर्य चिन्हबाट मकवानपुरमा चुनाव लडे पनि पराजित बनेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण