स्पेनमा रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु
सारांश
- दक्षिणी स्पेनमा दुई वटा उच्च गतिको रेल ठोक्किँदा २१ जनाको मृत्यु भएको छ र ७० भन्दा बढी घाइते भएका छन्।
- दुर्घटना कोर्डाेबा सहर नजिकैको आदामुज क्षेत्रमा भएको थियो, जसमा मलागाबाट म्याड्रिडतर्फ गइरहेको रेल लिकबाट खसेको थियो।
- प्रधानमन्त्री पेद्रो सान्चेजले देश गहिरो पीडामा रहेको बताएका छन्, भने उद्धार कार्य कठिन भएको बताइएको छ।
म्याड्रिड । दक्षिणी स्पेनमा दुई वटा उच्च गतिका रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । अरू ७० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ३० जनाभन्दा बढीको अवस्था गम्भीर रहेको स्पेनका यातायात मन्त्री ओस्कार पुएन्तेले बताएका छन् । मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ ।
यो दुर्घटना कोर्डाेबा सहर नजिकैको आदामुज क्षेत्रमा भएको हो । मलागाबाट म्याड्रिडतर्फ गइरहेको उच्च गतिको रेल लिकबाट खसेको थियो । उक्त रेल म्याड्रिडबाट ह्वेल्भातर्फ जाँदै गरेको रेलसँग ठोक्किएको रेल सञ्जाल सञ्चालक एडिफले जनाएको छ ।
दुर्घटनामा परेको रेल्वे लिकको गत वर्ष मे महिनामा मात्रै मर्मत गरिएको थियो । मलागा–म्याड्रिड रेल सञ्चालन गर्ने निजी कम्पनी इरियोका अनुसार पहिलो रेलमा करिब ३०० यात्रु सवार थिए ।
अर्को रेलमा करिब १०० यात्रु थिए । दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन । छानबिनबाट निष्कर्ष आउन कम्तीमा एक महिना लाग्ने बताइएको छ ।
देशले गहिरो पीडाको रात भोगिरहेको प्रधानमन्त्री पेद्रो सान्चेजले बताएका छन् । उद्धारकर्मीका अनुसार रेलको च्यापिएको भग्नावशेषका कारण उद्धार कार्य अत्यन्त कठिन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण