यातायात व्यवसायी महासङ्घका अध्यक्ष स्वाँरलाई कांग्रेसले दियो टिकट
मङ्गलबार, ०६ माघ २०८२, १० : ३३
सारांश
- नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले नेपाली कांग्रेसबाट कैलाली-२ बाट टिकट पाएका छन्।
- फागुन २१ गते हुने निर्वाचनमा एमाले, नेकपा, र रास्वपाका उम्मेदवारहरूसँग उनको प्रतिस्पर्धा हुनेछ।
- गत निर्वाचनमा उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको थियो।
काठमाडौँ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले नेपाली कांग्रेसबाट टिकट पाएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले उनलाई कैलाली–२ बाट टिकट दिएको हो ।
उक्त क्षेत्रमा एमालेबाट सूर्यबहादुर थापा, नेकपाबाट नन्दबहादुर साउद र रास्वपाबाट केपी खनाल प्रतिस्पर्धा गर्दैछन् ।
उक्त क्षेत्रमा अघिल्लोपटक नागरिक उन्मुक्ति पार्टीले निर्वाचन जितेको थियो । उक्त क्षेत्रका अरुन कुमार चौधरीले २१ हजार ८७१ मत ल्याउँदा एमालेका झपट बहादुर रावलले १६ हजार १२८, माओवादीका भगत बहादुर बढुवाल १५ हजार ११६ मत पाएका थिए । कांग्रेसले भने यो क्षेत्रमा उम्मेदवारी दिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण