दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा
सारांश
- दुर्गा प्रसाईं राष्ट्रियता बचाउ महाअभियानका संयोजक हुन्, जो हाजिर जमानीमा रिहा भएका छन्।
- प्रहरीले उनलाई पोखराबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो र सार्वजनिक शान्ति विरुद्धको कसुरमा बयान लिएको छ।
- उनले नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे दिएको अभिव्यक्तिका कारण आयोगले अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो।
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा भएका छन् ।
माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरी काफ्लेले रातोपाटीलाई बताए ।
अनुसन्धान अधिकृतहरूले उनीसँग सार्वजनिक शान्ति विरुद्धको कसुरमा बयान लिएका छन् । प्रसाईंसँग बयान लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँलाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्ने निर्णय भएको छ ।’
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए । आयोगले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग चौथो पटक भेटेपछि दुर्गा प्रसाईंले फागुन १ देखी घोषणा गरेको आन्दोलन रोकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण