मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘दौपदी’ले अमेरिकामा जित्यो उत्कृष्ट दक्षिण एसियाली चलचित्र अवार्ड

बुधबार, ०७ माघ २०८२, ०९ : ०१
बुधबार, ०७ माघ २०८२

सारांश

  • ऋषिराज आचार्य निर्देशित फिल्म 'द्रौपदी' ले अमेरिकामा अन्तर्राष्ट्रिय अवार्ड जित्यो।
  • 'द स्टोरीटेलर युनिभर्स' मा 'द्रौपदी' ले 'उत्कृष्ट दक्षिण एसियाली चलचित्र' अवार्ड प्राप्त गर्यो।
  • फिल्म कर्णालीको बहुपति प्रथामा आधारित छ, जसमा डोल्पाको शे-फोक्सुण्डो ताल लगायतका दृश्यहरू छन्।

काठमाडौँ । ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ले अमेरिकामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । त्यहाँ आयोजित ‘द स्टोरीटेलर युनिभर्स’ कार्यक्रममा ‘द्रौपदी’ लाई ‘उत्कृष्ट दक्षिण एसियाली चलचित्र’ अवार्ड मिलेको हो । उक्त कार्यक्रममा फिल्म लिएर निर्देशक आचार्य आफै सहभागी थिए ।

अमेरिकामा फिल्मले प्राप्त गरेको सफलता आफ्नो मात्र नभएर पुरै फिल्म क्षेत्रको भएको निर्देशक आचार्यले बताए । यसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा थप उचाइमा पुर्याउन मद्दत मिल्ने उनको भनाई छ ।

२०८१ चैतमा नेपालमा सार्वजनिक प्रदर्शनमा आएको ‘द्रौपदी’ कर्णालीमा रहेको बहुपति प्रथाको कथामा बनेको फिल्म हो । डोल्पाको शे–फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरूमा छायाङ्कन भएको फिल्ममा निर्देशक ऋषिको अलवा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप