प्रेम सुवाल चौथो पटक चुनावी मैदानमा
सारांश
- भक्तपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि चुनावी चहलपहल बढेको छ।
- भक्तपुर क्षेत्र नं. १ मा नेमकिपाका प्रेम सुवाल र क्षेत्र नं. २ मा एमालेका महेश बस्नेतले उम्मेदवारी दिएका छन्।
- दुवै क्षेत्रमा पुराना र नयाँ अनुहारबीचको प्रतिस्पर्धाले भक्तपुरको निर्वाचन रोचक बनेको छ।
भक्तपुर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि भक्तपुरमा चुनावी चहलपहल ह्वात्तै बढेको छ। भक्तपुरका दुई निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टी र नेकपा (एमाले) ले पुराना तथा स्थापित अनुहारलाई नै चुनावी मैदानमा उतारेका छन्।
भक्तपुर क्षेत्र नं. १ मा नेमकिपाका प्रेम सुवालले चौथो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। यस क्षेत्रमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले २०७४ सालमा राजनीतिमा पुस्तान्तरण गर्ने घोषणा गर्दै उम्मेदवारी नदिएपछि सुवालले निरन्तर चुनाव जित्दै आएका छन्। यसपटक उनीसँगै विभिन्न दल र स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रमा एमालेबाट चाँगुनारायणका पूर्व मेयर सोम मिश्र र नेपाली कांग्रेसबाट नेपाल बार एशोसिएशन भक्तपुरका पूर्व अध्यक्ष किरण न्यौपाने प्रतिस्पर्धामा छन्।
क्षेत्र नं. २ मा एमालेले महेश बस्नेतलाई तेस्रो पटक चुनावी दौडमा सामेल गरेको छ। २०७४ को निर्वाचनमा पूर्व सभामुख दमननाथ ढुङ्गानालाई पराजित गरेर चर्चामा आएका बस्नेत २०७९ को निर्वाचनमा भने कांग्रेसका दुर्लभ थापासँग पराजित भएका थिए। यसपटक यस क्षेत्रमा कांग्रेसले पत्रकार कविर राणालाई मैदानमा उतारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजिव खत्री र नेकपाबाट रामप्रसाद सापकोटा (दिपशिखा) ले उम्मेदवारी दिएका छन्।
भक्तपुर-२ मा कूल ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जहाँ अधिकांश नयाँ अनुहार देखिए पनि मुख्य प्रतिस्पर्धा पुराना खेलाडी र स्थापित दलहरूबीच नै हुने आकलन गरिएको छ। दुवै क्षेत्रमा पुराना र नयाँ अनुहारबीचको रोचक भिडन्तले भक्तपुरको निर्वाचनलाई थप आकर्षक बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण