एयर इन्डियाकाे दुर्घटनाग्रस्त विमानमा पहिले नै थिए अनेकौँ कमजोरी
सारांश
- अमेरिकी उड्डयन सुरक्षा अभियानकर्ताहरूले भारतमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा प्राविधिक समस्या रहेको दाबी गरेका छन्।
- विमान अहमदावादबाट लन्डन जाँदै गर्दा दुर्घटना भएको थियो, जसमा २६० जनाको ज्यान गएको थियो।
- अभियानकर्ताहरूले विमानमा इन्जिनियरिङ, विद्युतीय र सफ्टवेयरमा समस्या रहेको प्रतिवेदन दिएका छन्।
नयाँ दिल्ली । अमेरिकास्थित उड्डयन सुरक्षा अभियानकर्ताहरूले गत वर्ष भारतमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमानमा पहिलेदेखि नै गम्भीर प्राविधिक समस्या रहेको दाबी गरेका छन् ।
सो विमानमा पटक–पटक प्रणालीगत असफलता देखिएको प्रमाण आफूसँग रहेको भन्दै त्यसबारे अमेरिकी सिनेटलाई प्रतिवेदन पठाइएको उनीहरूले बताएका छन् ।
उक्त विमान १२ जुनमा अहमदावादबाट लन्डनतर्फ उडेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो, जसमा २६० जनाको ज्यान गएको थियो । दुर्घटनाको औपचारिक अनुसन्धान अझै जारी छ । यद्यपि जुलाईमा सार्वजनिक भएको अन्तरिम प्रतिवेदनपछि घटनाबारे व्यापक अड्कल र विवाद उत्पन्न भएको थियो । बोइङले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।
दुर्घटनाग्रस्त विमान भीटी–एएनबी दर्ता नम्बरको थियो, जुन बोइङ ७८७ का प्रारम्भिक उत्पादनमध्ये एक मानिन्छ । यसले सन् २०१३ को अन्त्यतिर पहिलो उडान भरेको र सन् २०१४ को सुरुवातमा एयर इन्डियाको सेवामा प्रवेश गरेको थियो ।
‘फाउन्डेसन फर एभिएसन सेफ्टी’ नामक अभियान समूहका अनुसार, विमानले सेवामा प्रवेश गरेकै दिनदेखि विभिन्न प्रणालीगत खराबी देखाउन थालेको थियो ।
प्रतिवेदनमा इन्जिनियरिङ, उत्पादन, गुणस्तर र मर्मत सम्भारसँग सम्बन्धित समस्याका कारण इलेक्ट्रोनिक्स तथा सफ्टवेयर त्रुटि, बारम्बार सर्किट ब्रेकर ट्रिप हुनु, तारहरूमा क्षति, सर्ट सर्किट, विद्युत् प्रवाह बन्द हुनु र पावर सिस्टम अत्यधिक तात्नु जस्ता समस्या उल्लेख गरिएको छ ।
सन् २०२२ को जनवरीमा विमानको पी १०० पावर डिस्ट्रीब्युसन प्यानलमा आगलागी भएको र क्षति अत्यधिक भएकाले पूरै प्यानल फेर्नुपरेको दाबी पनि प्रतिवेदनमा छ ।
बोइङ ७८७ ले अघिल्ला पुस्ताका विमानभन्दा बढी विद्युत् प्रणालीमा निर्भर हुने डिजाइन अपनाएकाले सुरुवाती चरणदेखि नै यस्ता समस्या देखिँदै आएको अभियानकर्ताहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण