गोरखामा बाबुरामपछि गोपालबाबुले पनि लिए उम्मेदवारी फिर्ता
शुक्रबार, ०९ माघ २०८२, १४ : ५४
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवारी दिएका दुवै जनाले गोरखामा उम्मेदवारी फिर्ता लिए।
- डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालबाट उम्मेदवारी फिर्ता लिएको घोषणा गरे।
- गोपालबाबु श्रेष्ठले पनि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी फिर्ता दिए।
पोखरा । गोरखामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवारी दिएका दुवै जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबार सामाजिक सञ्जालबाटै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए ।
उनीसँगै गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका गोपालबाबु श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका हुन् ।
उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ताको निवेदन दिएका हुन् ।
उनीहरूको उम्मेदवारी फिर्ता भएसँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा गोरखा १ मा अब १२ जना र २ मा १३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
रास्वपाले उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण