इन्डोनेसियामा भीषण पहिरो : ७ जनाको मृत्यु, ८२ जना बेपत्ता
सारांश
- इन्डोनेसियाको पश्चिम जाभामा गएको पहिरोमा ७ जनाको मृत्यु भएको छ, ८२ बेपत्ता छन्।
- विपद् व्यवस्थापन एजेन्सीका अनुसार, उद्धार र खोजी कार्यलाई तीव्रता दिइएको छ।
- इन्डोनेसियामा भारी वर्षाका कारण बाढी र पहिरोले ठूलो मानवीय क्षति पुर्याइरहेको छ।
जाभा । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा शनिबार गएको पहिरोमा परेर कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८२ जना अझै बेपत्ता छन्। इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीका अनुसार पश्चिम बाङडुङ क्षेत्रमा यो प्राकृतिक विपत्ति आइलागेको हो।
बेपत्ता हुनेहरूको संख्या धेरै भएकाले अहिले उद्धार र खोजी कार्यलाई तीव्रता दिइएको एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले जानकारी दिएका छन्। जाभा टापुमा दुई महिनाभित्र गएको यो दोस्रो ठूलो पहिरो हो। यसअघि गत नोभेम्बर १३ मा सिबेयुनिङ गाउँमा भारी वर्षापछि गएको पहिरोमा ११ जनाले ज्यान गुमाएका थिए।
स्थानीय सञ्चारमाध्यमका अनुसार इन्डोनेसियाको मौसम विज्ञान विभागले पश्चिम जाभामा शुक्रबारदेखि नै एक सातासम्म भारी वर्षा र चरम मौसमी अवस्था रहने चेतावनी दिएको थियो। इन्डोनेसियामा पछिल्लो समय बाढी र पहिरोले ठूलो मानवीय क्षति पुर्याइरहेको छ।
गत महिना मात्रै उत्तरी सुमात्रा, पश्चिम सुमात्रा र आचे प्रान्तमा आएको बाढी र पहिरोका कारण १ हजार १७० भन्दा बढी मानिसको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण