गण्डकी प्रदेशमा १७० मत खस्यो
आइतबार, ११ माघ २०८२, ११ : ०६
सारांश
- गण्डकी प्रदेशमा राष्ट्रिय सभा निर्वाचन बिहान ९ बजेदेखि सुरु भयो, जसमा हालसम्म १ सय ७० मत खसेको छ।
- प्रदेशसभा अन्तर्गत ४२ र स्थानीय तह अन्तर्गत १ सय २८ जनाले मतदान गरिसकेका छन्।
- मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मतदान गरे, भने राप्रपाले निर्वाचनमा भाग नलिने भयो।
पोखरा । गण्डकी प्रदेशमा ९ बजेदेखि सुरु भएको राष्ट्रिय सभा निर्वाचनमा हालसम्म १ सय ७० मत खसेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा अन्तर्गत ४२ जनाले मत दिइसकेका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मतदान गरिसकेका छन् ।
यस्तै, स्थानीय तह अन्तर्गत १ सय २८ जनाले मतदान गरेका छन् । गण्डकीमा २ सय २८ जना मतदाता छन् ।
तीमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदानमा सहभागी नहुने घोषणा गरिसकेको छ । राप्रपाका गण्डकीमा २ जना मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण