विश्वकै सबैभन्दा छोटो हवाई यात्रा : सिटबेल्ट बाँध्न नपाउँदै गन्तव्यमा पुगिन्छ
सारांश
- यो समाचार स्कटल्याण्डको वेस्ट्रे र पापा वेस्ट्रेबिचको छोटो हवाई यात्राको बारेमा हो, जुन विश्वकै छोटो हो।
- यो उडान जम्मा २.७ किलोमिटरको दूरीमा ८० सेकेन्डमा पूरा हुन्छ, हावाको दिशा अनुकूल भए ५३ सेकेन्डमै यात्रा सकिन्छ।
- यी दुई टापु जोड्ने सडक वा पुल नभएकाले स्थानीय बासिन्दाहरू दैनिक र अत्यावश्यक सेवाका लागि यसै छोटो हवाई यात्रामा निर्भर छन्।
काठमाडौँ । हवाई यात्राको कुरा गर्नासाथ धेरैको दिमागमा लामो दूरी वा केही घण्टाको पट्यारलाग्दो यात्राको चित्र आउँछ । तर, विश्वमा एउटा यस्तो हवाई रुट पनि छ, जहाँ जहाज उडेको केही सेकेन्डमै ल्यान्ड हुन्छ ।
सुन्दा पत्याउन मुस्किल पर्ला, तर यो उडान यति छोटो छ कि यात्रुले राम्ररी सिटमा बस्न नपाउँदै गन्तव्यमा पुगिसक्छन् । स्कटल्याण्डको ओर्किनी टापु समूहमा रहेको वेस्ट्रे र पापा वेस्ट्रेबिचको यो उडान विश्वकै सबैभन्दा छोटो व्यावसायिक उडानका रूपमा परिचित छ ।
यो उडानको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता छ । यी दुई टापुबिचको हवाई दूरी जम्मा २.७ किलोमिटर मात्र छ । सामान्यतया यो दूरी पार गर्न जहाजलाई ८० सेकेन्ड लाग्छ । अझ रोचक कुरा त के छ भने, यदि हावाको दिशा अनुकूल भयो भने यो फ्लाइट मात्र ५३ सेकेन्डमै आफ्नो गन्तव्यमा पुग्छ ।
सामान्यतया हवाई जहाजको यात्रा घण्टौँ लामो हुन्छ, तर वेस्ट्रे र पापा वेस्ट्रेबिचको यो उडान एक मिनेटभन्दा थोरै वा बढीमा डेढ मिनेटमै सकिन्छ । पाइलटले जहाज उडाएर उचाइ लिन नपाउँदै ओर्लिने तयारी गर्नुपर्ने हुन्छ । यही अनौठो र छोटो समयका कारण यो हवाई रुट विश्वभर चर्चाको विषय बनेको छ ।
यति छोटो दूरीका लागि मानिसहरू किन महँगो हवाई यात्रा गर्छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । वास्तवमा यी दुई टापुलाई जोड्ने कुनै सडक वा पुल छैन । भौगोलिक बनावटका कारण यहाँ पुल बनाउन सम्भव पनि देखिएको छैन ।
अर्कोतर्फ, यहाँको समुद्रको अवस्था प्रायः खराब रहने हुनाले डुङ्गाबाट यात्रा गर्नु निकै जोखिमपूर्ण र कठिन हुन्छ । त्यसैले यहाँका स्थानीय बासिन्दाहरू दैनिक काम, बिरामी पर्दा वा अत्यावश्यक सेवाका लागि यही छोटो हवाई यात्रामा भर पर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण