अस्ट्रेलियाली टोली पाकिस्तान आइपुग्यो, विश्वकपमा पाकिस्तानको सहभागिता अझै अनिश्चित
सारांश
- अस्ट्रेलियाली क्रिकेट टोली मिचेल मार्सको कप्तानीमा पाकिस्तानको लाहोर आइपुगेको छ।
- टी-२० विश्वकपको तयारीका लागि पाकिस्तान र अस्ट्रेलियाबीच शृङ्खला हुँदैछ, पहिलो खेल बिहीबार लाहोरमा हुनेछ।
- पाकिस्तानको विश्वकप सहभागिता अझै अन्योलमा रहेको छ, सरकारले टोली पठाउने निर्णय गरेको छैन।
लाहोर । मिचेल मार्सको कप्तानीमा अस्ट्रेलियाली क्रिकेट टोली बुधबार पाकिस्तानको लाहोर आइपुगेको छ। अस्ट्रेलियाले घरेलु टोली पाकिस्तानसँग तीन खेलको टी-२० शृङ्खला खेल्ने तालिका छ।
यो शृङ्खला फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुने टी-२० विश्वकपको तयारीका लागि दुवै टोलीका लागि निकै महत्त्वपूर्ण मानिएको छ। शृङ्खलाको पहिलो खेल बिहीबार लाहोरको गद्दाफी स्टेडियममा हुनेछ।
विश्वकपको सङ्घारमा यो शृङ्खला भइरहँदा पाकिस्तानको विश्वकप सहभागिता भने अझै अन्योलमा छ। पाकिस्तानी सरकारले आफ्नो टोलीलाई भारत पठाउने विषयमा अहिलेसम्म अन्तिम निर्णय गरेको छैन। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले प्रधानमन्त्री शाहबाज सरिफसँगको भेटपछि सबै विकल्प खुला रहेको र शुक्रबार वा आगामी सोमबारसम्ममा यसबारे ठोस निर्णय आउने बताएका छन्।
यसअघि बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशको ठाउँमा स्कटल्याण्डलाई समावेश गरिसकेको छ, जसको पाकिस्तानले विरोध गर्दै आएको छ।
अस्ट्रेलियाली टोली सन् २०२२ पछि पहिलो पटक पाकिस्तान भ्रमणमा आएको हो। यद्यपि, विश्वकपअघि चोट व्यवस्थापनका लागि प्याट कमिन्स, जोस हेजलवुड, ग्लेन म्याक्सवेल, टिम डेभिड र नाथन एलिस जस्ता अनुभवी खेलाडीलाई यो भ्रमणमा आराम दिइएको छ।
अस्ट्रेलियाको टोलीमा मिचेल मार्स (कप्तान), सन एबोट, जेभियर बार्टलेट, क्यामरुन ग्रीन, ट्राभिस हेड, जोस इङ्लिस, मार्कस स्टोइनिस र एडम जाम्पा जस्ता खेलाडी सहभागी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण