विदेशमा बसेका नागरिकको भावना मैले बुझेको छु : प्रकाशचन्द्र दवाडी
बिहीबार, १५ माघ २०८२, १२ : १०
सारांश
- प्रकाशचन्द्र दवाडीले विदेशमा बसेका नागरिकको भावना बुझेको बताए।
- उनले युवा पुस्ताको भूमिका र समृद्ध गोरखा निर्माणका लागि सहयोगको आवश्यकता औंल्याए।
- दवाडीले प्रदेश सांसद हुँदाको सेवा सुविधा जनताको सेवामा लगाएको स्मरण गरे।
गोरखा । नेपाली कांग्रेसको तर्फबाट गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशचन्द्र दवाडीले विदेशमा बसेका नागरिकको भावना आफूले राम्रोसँग बुझेको बताएका छन् ।
उम्मेदवार दवाडीले आज पालुङटार नगरपालिकाका जनतासँगको भेटमा आफू लामो समय विदेशमा बसेर स्वदेशमा केही गरौँ भन्ने सोचका साथ नेपाल फर्केको बताउँदै विदेशमा रहेका नागरिकको भावनालाई आफूले राम्रोसँग बुझेको बताएका हुन् ।
उनले मुलुकको विकासका लागि युवा पुस्ताको महत्त्वपूर्ण भूमिका रहको उल्लेख गरे । समृद्ध गोरखा निर्माणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
दवाडीले आफू प्रदेश सांसद हुँदा पाउने सबै सेवा सुविधा जनताको सेवामा लगाएको स्मरण गर्दै आगामी दिनमा पनि जनताकै सेवामा लगाउने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण