बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एक महिलाको भयावह अनुभव : घाँटी पड्काउने बानीले निम्त्यायो मष्तिस्कघात

आइतबार, १८ माघ २०८२, १० : ०१
आइतबार, १८ माघ २०८२

सारांश

  • वालमार्टबाट फर्किंदा घाँटी बटार्दा एक महिलालाई स्ट्रोक भयो, धमनीमा क्षति पुगेको थियो।
  • घाँटी पड्किएपछिको दुखाइ कम नभएपछि दृष्टि गुमाएकी महिलालाई स्ट्रोक भएको पुष्टि भयो।
  • रगत जमेको ढिक्का पग्लिएकाले शल्यक्रियाबाट बचेकी महिला अहिले पूर्ण स्वस्थ छिन्, चिकित्सकको चेतावनी।

वासिङ्टन डिसी । वालमार्टबाट गाडी चलाएर घर फर्किँदै गर्दा कायलिन फेलथेगरलाई टाउको दुख्ला जस्तो महसुस भयो। उनले तनाव कम गर्न अलिअलि बानी परेको शैलीमा आफ्नो घाँटी दाहिनेतिर बटारिन्।

घाँटी ‘चट्क’ गरेर पड्कियो, तर यो पटकको आवाज र अनुभव पहिलेको जस्तो सामान्य थिएन। घाँटी पड्काउने बित्तिकै उनले तिखो दुखाइ महसुस गरिन्, जुन दुखाइले पछि उनको ज्यान नै जोखिममा पार्ला भन्ने उनले कल्पना समेत गरेकी थिइनन्।

घाँटीको त्यो दुखाइ केही दिनसम्म निको भएन। कायलिनले दुखाइ कम गर्ने सामान्य औषधि त खाइन्, तर डाक्टरकहाँ जान आवश्यक ठानिनन्।

घटनाको पाँच दिनपछि उनी भान्सामा बसेर मेकअप गरिरहेका बेला अचानक उनको दाहिने आँखामा चम्किलो प्रकाश देखियो र उनले देख्न छाडिन्। झण्डै १५ मिनेटपछि दृष्टि फर्किए पनि त्यसको केही बेरमै उनको दाहिने शरीर झमझमाउन थाल्यो र पूर्ण रूपमा लाटो भयो।

जब उनले बोल्न खोजिन्, उनको मुखबाट स्पष्ट शब्द निस्कनुको साटो नबुझिने आवाज मात्र आयो। अवस्था गम्भीर भएको बुझेपछि उनका श्रीमान्‌ले उनलाई तुरुन्तै अस्पताल पुर्‍याए।

अस्पतालमा गरिएको सिटी स्क्यानबाट उनलाई स्ट्रोक (मष्तिस्कघात) भएको पुष्टि भयो। डाक्टरहरूका अनुसार पाँच दिनअघि घाँटी पड्काउँदा उनको घाँटीको धमनीमा गम्भीर क्षति (आर्टरी डिसेक्सन) पुगेको थियो।

सोही चोटका कारण जमेको रगतको चक्का मस्तिष्कसम्म पुगेपछि उनलाई स्ट्रोक भएको थियो। भाग्यवश, रगतको ढिक्का आफैँ पग्लिएकाले उनले शल्यक्रिया गराउनु परेन र अहिले उनी पूर्ण रूपमा स्वस्थ छिन्।

यो घटनापछि कायलिनले आफ्नो शरीर र स्वास्थ्यलाई हेर्ने दृष्टिकोण बदलिएको बताएकी छिन्। घाँटी शरीरको अत्यन्तै संवेदनशील अङ्ग भएकाले टाउकोलाई अचानक घुमाउँदा वा जथाभाबी पड्काउँदा धमनीमा क्षति पुगेर ज्यान समेत जान सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्।

सामान्य लाग्ने एउटा बानीले कसरी मानिसलाई मृत्युको मुखसम्म पुर्‍याउन सक्छ भन्ने यो घटना एउटा पाठ बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप