भेनेजुएलाका दक्षिणपन्थी अभियन्ता जेवियर ताराजोना हिरासतमुक्त
सारांश
- भेनेजुएलाका दक्षिणपन्थी अभियन्ता जेवियर ताराजोना ४ वर्ष ७ महिनापछि जेलबाट रिहा भएका छन्।
- ताराजोना मानवअधिकार समूह फनडारिडिसका निर्देशक हुन्, र उनको रिहाइ काराकासको होलिकोइड कारागारबाट भएको हो।
- ताराजोनासँगै ३० भन्दा बढी राजनीतिक बन्दी छुटेका छन्, तर अझै ७०० भन्दा धेरै कैदी जेलमै छन्।
काराकास । भेनेजुएलामा दक्षिणपन्थी अभियन्ता जेवियर ताराजोना रिहा भएका छन् । ४ वर्ष ७ महिना जेलमा बिताएपछि उनी रिहा भएको उनका परिवार र अधिकारकर्मीहरूले बताएका हुन् । ताराजोना मानवअधिकार समूह फनडारिडिसका निर्देशक हुन् ।
१ हजार ६७५ दिन जेलमा बिताएपछि राजधानी काराकासस्थित होलिकोइड कारागारबाट ताराजोनालाई रिहा गरिएको हो । ‘एक व्यक्तिको स्वतन्त्रता सबैको आशा हो’ उनका दाजु जोस राफाएल ताराजोनाले माइक्रो ब्लगिङ वेबसाइट एक्समा भाइको रिहाइको खबर सेयर गर्दै लेखेका छन् ।
अधिकार संस्था फोरो पेनलका अनुसार हालै ताराजोनासँगै ३० भन्दा बढी राजनीतिक बन्दी छुटेका छन् । भेनेजुएली राष्ट्रपति निकोलस मादुरो पक्राउ परेयता ३०० भन्दा बढी रिहा भइसकेका भए पनि ७०० भन्दा धेरै राजनीतिक कैदीहरू अझै जेलमै रहेको बताइएको छ ।
सरकारले राजनीतिक कैदी नराखेको दाबी गर्दै आएको छ । तर आलोचकहरू यसलाई अस्वीकार्य आपराधिक आरोप भन्दै आएका छन् । यी रिहाइहरू भेनेजुएलाको अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजद्वारा प्रस्तावित आममाफी विधेयक र राजनीतिक बन्दीहरूलाई छोड्ने कदमको हिस्साको रूपमा आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण