अफगानिस्तानद्वारा न्युजिल्याण्डसामु १ सय ८३ रनको लक्ष्य प्रस्तुत
सारांश
- टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डलाई १८३ रनको लक्ष्य दिएको छ।
- अफगानिस्तानका गुलबदिन नाइबले सर्वाधिक ६३ रन बनाए भने सदिकुल्लाह अतलले २९ रन जोडे।
- न्युजिल्याण्डका लागि लोकी फर्गुसनले २ विकेट लिएका थिए र यसअघि दुवै टोलीबीच ३ खेल भएका छन्।
चेन्नई । टी–२० विश्वकपमा समूह डी अन्तर्गत आइतबार बिहान भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डसामु १ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको हो ।
टोलीका लागि गुलबदिन नाइबले सर्वाधिक ६३ रन बनाए । उनले मात्र ३५ बलमा ३ चौका र ४ छक्का हिर्काए । सदिकुल्लाह अतलले २४ बलमा २ चौकाको मद्दतले २९ रन जोडे भने ओपनर रहमानुल्लाह गुरबाजले २२ बलमा २७ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे ।
डार्विस रसुलीले १३ बलमा २० रनको योगदान दिए । उनले १ चौका र १ छक्का प्रहार गरे । खेलको अन्त्यतिर अजमतुल्लाह ओमरजाईले ७ बलमा १४ रन तथा मोहम्मद नाबीले समान बलमा १० रन हिर्काए ।
न्युजिल्याण्डका लागि लोकी फर्गुसनले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । म्याट हेनरी, जेकब डफी र रचिन रवीन्द्रले १(१ विकेट लिए । टी– २० अन्तर्राष्ट्रियमा यसअघि दुवै टोलीबिच ३ खेल भएका छन्। जसमा अफगानिस्तानले १ खेल जितेको छ भने न्युजिल्याण्डले पनि १ खेल जितेको छ। १ खेल भने रद्द भएको थियो।
दुवै टोलीबिचको अन्तिम भिडन्त गत विश्वकपमा भएको थियो, जसलाई अफगानिस्तानले ८४ रनले आफ्नो पक्षमा पारेको थियो। उक्त खेलमा अफगानिस्तानको १५९ रनको जवाफमा न्युजिल्याण्ड ७५ रनमै अलआउट भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण