नेपाललाई दोस्रो सफलता, नन्दन यादवले दिलाए विकेट
आइतबार, २५ माघ २०८२, १५ : ४५
मुम्बई । नन्दन यादवको बलिङमा विकेटकिपर आसिफ शेखले उत्कृष्ट क्याच गरेसँगै नेपालले इंग्ल्यान्डविरुद्धको खेलमा दोस्रो सफलता हात पारेको छ ।
इंग्ल्यान्डका जस बट्लरलाई यादवको बलमा शेखले आउट गराएका हुन् । बट्लर १७ बलमा २६ रन बनाएर आउट भए ।
यसअघि नेपालका लागि डेब्यु गरिरहेका सन्दीप जोराले आफ्नो पहिलो बलमै सफलता दिलाएका थिए ।
उनले इंग्ल्यान्डका ओपनर फिल साल्टलाई सन्दीप लामिछानेको हातबाट क्याच आउट गराएका थिए ।
मुम्बईको वाङ्खेडे स्टेडियममा टस हारेर पहिले बलिङ गरिरहेको नेपालले इंग्ल्यान्डलाई सुरुवाती झड्का दिएको छ ।
इंग्ल्यान्डले पाँच ओभरको समाप्तिमा २ विकेट गुमाएर ४३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण