दाङमा अति संवेदनशील मतदानस्थलको अनुगमन
सारांश
- जिल्ला सुरक्षा समितिले दाङका चार मतदानस्थलको अनुगमन गर्यो।
- टोलीले मतदानस्थलको भौगोलिक अवस्था, सुरक्षा जोखिम लगायतबारे जानकारी लियो।
- निर्वाचन क्षेत्र नं ३ मा ५ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा छन्।
दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला सुरक्षा समितिले सोमबार पश्चिम दाङका अति संवेदनशील दुईसहित चार वटा मतदानस्थलको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ ।
जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको नेतृत्वमा गएको टोलीले अति संवेदनशील तुलसीपुर उपमहानगरपालिका–३ को मावि प्रतापकोट, शान्तिनगर गाउँपालिका–१ राप्ती मावि पेदीखोला, तुलसीपुर उपमहानगरपालिका–९ स्थित मावि दोघरे र शान्तिनगर गाउँपालिकाको बिपी मावि बयालेमा रहेको मतदानस्थलको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा टोलीले मतदानस्थलको भौगोलिक अवस्था, सुरक्षाको जोखिम, यातायात, सञ्चार, खानेपानीलगायत विषयमा जानकारी लिएको छ । केही दिनअघि सुरक्षा समितिले अति संवेदनशीलको सूचीमा रहेका बबई गाउँपालिका–१ मा पर्ने सरस्वती मावि गङ्गटे, जनता मावि ज्युला र जनकल्याण आधारभूत विद्यालय भाङबारीको पनि अनुगमन गरिसकेको छ ।
अनुगमन टोलीमा नेपाली सेनाका प्रमुख सेनानी सन्तोष थापा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दीपक श्रेष्ठ, सशस्त्र प्रहरी दाङका प्रहरी उपरीक्षक यदुकुमार कार्की, राष्ट्रिय अनुसन्धान कार्यालय दाङका प्रमुख ओम खड्का, सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी, दाङ निर्वाचन क्षेत्र नं ३ का अधिकृत चन्द्रबहादुर सिञ्जालीलगायत सहभागिता थियो ।
निर्वाचन अधिकृत सिञ्जालीका अनुसार निर्वाचन क्षेत्र नं ३ मा ५६ मतदानस्थल र १६९ वटा मतदान केन्द्र छन् । तीमध्ये पाँच वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण