‘बिग थ्री’ विना अस्ट्रेलियाको परीक्षा, के आयरल्याण्डले रच्ला इतिहास?
सारांश
- आज अस्ट्रेलिया र आयरल्याण्ड टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्दैछन्, जसमा अस्ट्रेलिया दबाबमा छ।
- अस्ट्रेलियाले कमिन्स, हेजलवुड र स्टार्क बिना खेल्दैछ, जसमा ब्याटिङमा म्याक्सवेल र बलिङमा जाम्पाको भूमिका महत्त्वपूर्ण हुनेछ।
- आयरल्याण्ड पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो र कोलम्बोको पिच स्पिनरलाई सहयोगी हुने अनुमान छ।
टी-२० विश्वकपको समूह-बी अन्तर्गत आज बुधबार अस्ट्रेलिया र आयरल्याण्ड आमनेसामने हुँदैछन्। पाकिस्तान र भारतसँगको पछिल्लो सिरिज हारिसकेको अस्ट्रेलियाली टोली ठुलो दबाबका बिच प्रतियोगिता खेल्न मैदान उत्रिँदैछ।

- आयरल्याण्डले अस्ट्रेलियालाई अहिलेसम्म हराउन सकेन
अस्ट्रेलिया र आयरल्याण्डबिच अहिलेसम्म २ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। दुवै खेलमा अस्ट्रेलियाले जित हात पारेको छ। यी दुवै खेल विश्वकप (सन् २०१२ र २०२२) मा खेलिएका थिए। सन् २०१२ मा अस्ट्रेलिया ७ विकेटले र २०२२ मा ४२ रनले विजयी भएको थियो।
- बिग थ्री बिना मैदान उत्रनेछ अस्ट्रेलिया
अस्ट्रेलियाली टोली आफ्ना प्रमुख तीन बलर (बिग थ्री) प्याट कमिन्स, जोस हेजलवुड र मिचेल स्टार्क बिना विश्वकप खेल्न उत्रनेछ। कमिन्स र हेजलवुड घाइते छन् भने स्टार्कले टी-२० बाट सन्न्यास लिइसकेका छन्।
यस्तो अवस्थामा बलिङको जिम्मेवारी नाथन एलिस र अनुभवी स्पिनर एडम जाम्पामा रहनेछ। ब्याटिङमा ग्लेन म्याक्सवेल, मिचेल मार्स र ट्राभिस हेडबाट ठुलो स्कोरको अपेक्षा गरिनेछ।

टोलीका लागि मिचेल मार्सले ३४ खेलमा ८३० रन बनाएका छन् । उनको उच्च स्कोर १०३ रन रहेको छ । यता, एडम जाम्पाले ३७ खेलमा ५७ विकेट लिएका छन् ।
- दबाबमा आयरल्याण्ड
आयरल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलङ्कासँग २० रनको हार बेहोर्नुपरेको थियो। उक्त खेलमा ह्यारी टेक्टरले ४० रन बनाएका थिए। उनले हालसम्म २८ खेलमा ६२० रन जोडेका छन् ।

जर्ज डकरेलले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन दिएर २ विकेट लिएका थिए। २०२४ पछि मार्क अडायरले टोलीका लागि सबैभन्दा धेरै विकेट लिएका छन्। उनले २३ खेलमा ३७ विकेट हात पारेका छन् ।
- कोलम्बोको पिच स्पिन फ्रेन्डली
कोलम्बोको आर प्रेमदासा स्टेडियमको पिच स्पिनरहरूलाई मद्दत गर्ने खालको छ। यहाँ पछिल्ला १५ टी-२० खेलमा कुनै पनि टोलीले २०० रन बनाउन सकेको छैन।

अहिलेसम्म १२० इनिङ्समा केवल ३ पटक मात्र २०० रन बनेको छ। यहाँ पहिले ब्याटिङ गर्दा १५० भन्दा बढी रनको स्कोर खडा गर्नु ‘विनिङ टोटल’ मानिन्छ।
- मौसमको अवस्था
खेलको दिन कोलम्बोमा मौसम सफा रहने र घाम लाग्ने अपेक्षा गरिएको छ। तापमान २५ देखि ३१ डिग्री सेल्सियसको बिचमा रहनेछ। गर्मी र ह्युमिडिटीले खेलाडीहरूको फिटनेसको कडा परीक्षा लिन सक्छ।
सम्भावित प्लेइङ-११
• अस्ट्रेलिया: ट्राभिस हेड, मिचेल मार्स (कप्तान), ग्लेन म्याक्सवेल, कुपर कोनोली, क्यामरन ग्रीन, मार्कस स्टोइनिस, टिम डेभिड, एडम जाम्पा, नाथन एलिस, बेन ड्वारशिस र जेभियर बार्टलेट।
• आयरल्याण्ड: पल स्टर्लिङ (कप्तान), लोर्कन टकर (विकेटकिपर), ह्यारी टेक्टर, टिम टेक्टर, कर्टिस क्याम्फर, जर्ज डकरेल, गारेथ डेलानी, मार्क अडायर, ब्यारी म्याकार्थी, जोस लिटल र क्रेग योङ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण