कोलम्बियाली राष्ट्रपति पेट्रोले भने : हत्या प्रयासबाट बाँचे
सारांश
- कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफू हत्या प्रयासबाट जोगिएको बताए, लागूऔषध तस्कर समूहले निशाना बनाएको दाबी गरे।
- हेलिकप्टरमा यात्रा गर्दा गोली हान्ने योजना बनेको जानकारी पाएपछि पेट्रोले यात्रा योजना परिवर्तन गरे।
- देशमा हिंसात्मक घटना बढिरहेको र आगामी चुनावलाई मध्यनजर गर्दै सुरक्षा चुनौती थपिएको विश्लेषण गरिएको छ।
बोगोटा । कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले हत्या प्रयासबाट आफू बचेको बताएका छन् । उनले मंगलबार छोरीहरूसँग हेलिकप्टरमा यात्रा गरिरहँदा आफू हत्या प्रयासबाट बाँचेको बताएका हुन् ।
केही महिनादेखि आफूलाई निशाना बनाउन लागूऔषध तस्कर समूहले षडयन्त्र रचेको चेतावनी पाइरहेको उनले बताए । पेट्रोका अनुसार सोमबार उनले हेलिकप्टरबाट आफ्नो गन्तव्यमा अवतरण गर्न सकेका थिएनन् ।
‘अघिल्लो दिन मैले विमानबाट अवतरण गर्न सकिन्, किनकि छोरीहरूको साथमा यात्रा गरिरहेको हेलिकप्टरमा गोली हान्ने योजना थियो भनेर मलाई जानकारी गराइएको थियो’ उनले भने । आफूले अवतरण गर्न लागेको ठाउँको बत्ती समेत नबालिएको उनले बताए ।
‘म मारिनबाट जोगिन खोज्दै छु । त्यसैले आफ्नो यात्रा योजना तत्काल परिमार्जन गर्न बाध्य भएँ’ कार्बाेबा विभागमा मन्त्रिपरिषद् बैठकमा बोल्दै पेट्रोले भने । पेट्रो सवार हेलिकप्टरलाई समुद्रमा केही घण्टा उड्न लगाएर कोलम्बियाली नेवीको सहयोगमा सुरक्षाका योजना र मार्ग परिवर्तन गरिएको थियो ।
पेट्रोले यस घटनालाई अघिल्लो अक्टोबरदेखि भइरहेका सुरक्षा खतरासँग जोडेका छन् । उनले सन् २०२४ मा पनि आफ्नो हत्या प्रयास भएको बताएका थिए । सन् २०२२ को अगस्टमा पद ग्रहण गरेयता लागूऔषध तस्कर गिरोहले आफूलाई निशाना बनाइरहेको दाबी उनले गरिरहेका छन् ।
यता, राष्ट्रपति चुनाव नजिकिँदै गर्दा देशमा हिंस्रक घटनाहरू बढेका छन् । मंगलबार आदिवासी अधिकारकर्मी र मानवअधिकारकर्मी समेत रहेका सेनेटर आइडा क्विलकु उनका दुई सुरक्षाकर्मीसहित काउका विभागमा अपहरणमा परेका थिए ।
सुरक्षाकर्मीले अपहरणकारीले प्रयोग गरेको सवारी साधन फेला पारे पनि त्यो खाली थियो । विश्लेषकहरूका अनुसार राष्ट्रपति पेट्रो र उच्च राजनीतिक नेताहरूलाई लक्षित हिंसाको घटनाले विशेष गरी ड्रग सम्बन्धी हिंसा र स्थानीय विद्रोही समूहहरूको प्रभाव रहेका क्षेत्रमा चुनावअघि सुरक्षा चुनौती थप गरेको छ ।
पेट्रोले सुरक्षा अवस्थाबारे निरन्तर सतर्क रहनुपर्ने र आफ्नो परिवारको सुरक्षा सुनिश्चित गर्न थप कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण