महाकुम्भमा माला बेच्ने मोनालिसा अब फिल्मी पर्दामा
सारांश
- महाकुम्भमा माला बेच्दै भाइरल भएकी मोनालिसा अब ठुलो पर्दामा अभिनेत्रीको रूपमा देखा पर्दैछिन्।
- उनको डेब्यु फिल्म 'द डायरी अफ मणिपुर' को टिजर सार्वजनिक भएको छ, जसमा उनलाई भिन्न र प्रभावशाली अवतारमा देखाइएको छ।
- फिल्मले मणिपुरको राजनीति, जाति र धर्मका नाममा हुने द्वन्द्व र सामाजिक यथार्थलाई पनि समेटेको छ।
मुम्बई । महाकुम्भको भिडभाडमा माला बेच्दै गर्दा भाइरल भएकी मोनालिसाको जीवनले अब नयाँ मोड लिएको छ। आफ्ना आँखा र निर्दोष अनुहारका कारण सामाजिक सञ्जालमा चर्चामा आएकी उनै मोनालिसा अब ठुलो पर्दामा अभिनेत्रीका रूपमा देखा पर्दैछिन्।
उनको डेब्यु फिल्म ‘द डायरी अफ मणिपुर’ को टिजर हालै सार्वजनिक भएको छ। निर्देशक सनोज मिश्राले निर्देशन गरेको यस फिल्मको टिजर सार्वजनिक भएसँगै मोनालिसाको अभिनय र उनको फेरिएको शैलीलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू आउन थालेका छन्।
टिजरमा मोनालिसालाई निकै भिन्न र प्रभावशाली अवतारमा प्रस्तुत गरिएको छ। उनलाई ‘मणिपुरकी सबैभन्दा एक्लो केटी’ को रूपमा देखाइएको छ, जो सहरका गल्लीहरूमा एक्लै घुम्छिन् र प्रकृतिसँग रमाउँछिन्। रुख, जनावर र पुतलीहरूलाई नै आफ्नो साथी बनाउने उनको निर्दोष भूमिकामा देखाइएको छ।

टिजरका केही दृश्यमा उनी झरनाको छेउमा रोमान्टिक अन्दाजमा देखिएकी छिन् भने केही दृश्यमा अत्यन्तै भावुक अवस्थामा देखिन्छिन्। ‘हामी धेरै गरिब मानिस हौँ, पैसा नै हाम्रो दोस्रो भगवान् हो’ भन्दै हात जोडेर कसैसँग हारगुहार गरिरहेको उनको संवाद छ। यसका साथै टिजरमा उनको एक्सन अवतारको पनि सानो झलक देख्न सकिन्छ।
यो फिल्म केवल एक युवतीको कथामा मात्र सीमित छैन। टिजरको दोस्रो भागले मणिपुरको राजनीति, जाति र धर्मका नाममा हुने दङ्गा, आन्दोलन र सामाजिक द्वन्द्वलाई पनि समेटेको छ। यसले समाजको तितो यथार्थ र राजनीतिक खिचातानीलाई पर्दामा उतार्न खोजेको देखिन्छ।
महाकुम्भबाट चर्चामा आएपछि मोनालिसाले आफूलाई निखार्न निकै मिहिनेत गरेकी थिइन्। उनले पढाइका साथै अभिनयको तालिम पनि लिएर आफूलाई पर्दाका लागि तयार पारेकी हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण