दोस्रो सुपर ओभरमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित
काठमाडौँ । दोस्रो सुपर ओभरमा पुगेको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि रोमाञ्चक जित निकालेको छ ।
बुधबार भएको खेलको पहिलो सुपर ओभरमा अफगानिस्तानले दिएको १८ रनको लक्ष्य दिएको थियो । दक्षिण अफ्रिकाले १७ रन बनाउँदा खेल दोस्रो सुपर ओभरतर्फ धकेलिएको थियो । दोस्रो सुपर ओभरमा भने पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २४ रनको लक्ष्य दिएको थियो, जुन अफगानिस्तानले भेट्टाउन सकेन । ऊ १९ रनमै समेटियो ।
निर्धारित २० ओभरमा भने दुवै टोलीले समान १८७ रन बनाएका थिए ।
नरेन्द्र मोदी क्रिकेट स्टेडियममा दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १८७ रन बनाएको थियो । अफगानिस्तानका लागि रमनउल्लाह गुरुवाजले ८४ रनको अर्धशतकीय पारी खेलेका थिए । ४२ बल खेलेका उनले ४ चौका र ७ छक्का प्रहार गरे ।
त्यस्तै अजमतुल्लाह उमरजाईले २२ रन बनाउँदा राशिद खानले २० रनको योगदान गरे । बलिङतर्फ दक्षिण अफ्रिकाका लागि लुङ्गी एन्गीडीले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । दक्षिण अफ्रिकाको इनिङ्समा रायन रिकेल्टन र क्विन्टन डी ककले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे । रिकेल्टनले २८ बलमा ६१ रन बनाए बनाए । त्यस्तै डी ककले ४१ बलमा ५९ रन बनाउँदै अर्धशतक पूरा गरे । दुई खेलाडीले दोस्रो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए ।
मध्यक्रममा डेवाल्ड ब्रेभिसले १९ बलमा २३ रन जोडे भने डेभिड मिलरले १५ बलमा २० रनको योगदान दिए । दक्षिण अफ्रिकाका लागि मार्को यानसनले ७ बलमा १६ रन जोडे । अफगानिस्तानका लागि बलिङतर्फ अजमतुल्लाह ओमरजाईले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । रासिद खानले २ विकेट लिँदा फजलहक फारुकीले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण