शिवरात्रीमा कहाँ–कहाँ छ पार्किङको व्यवस्था ?
बिहीबार, २९ माघ २०८२, १६ : १६
सारांश
- पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा दर्शनार्थीका लागि पाँच स्थानमा पार्किङको व्यवस्था गरेको छ।
- तीलगंगा क्षेत्रमा तीर्थयात्री, पर्यटक र दर्शनार्थीका लागि पार्किङको व्यवस्था मिलाइएको छ।
- कोषले पासवाहक सवारी साधनका लागि देवउद्यान, भण्डारखाल, गौशाला र सिफलचौरमा पार्किङको व्यवस्था गरेको छ।
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका दिन पशुपतिमा आउने दर्शनार्थीका सवारी साधनहरुको पार्किङ पाँच ठाउँमा व्यवस्था गरेको छ ।
कोषले जनाएअनुसार तीलगंगा क्षेत्रमा तीर्थयात्री, दर्शनार्थी र पर्यटक(विदेशी)ले पार्किङ गर्न पाउनेछन् । त्यस्तै देवउद्यानस्थित कोषको कार्यालय र भण्डारखाल क्षेत्रमा कोषले वितरण गरेको पासवहाक सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाएको छ ।
त्यसबाहेक सवारी पास भएका सवारी साधन प्रहरी वृत्त गौशाला, सिफलचौरमा समेत मिलाइएको कोषले जनाएको छ । त्यसबाहेक गुह्येश्वरी पारीतर्फ गोठाटार, जोरपाटी, मुलपानी, गोकर्ण र बौद्धतर्फबाट आउने सवारी साधनको पार्किङ व्यवस्था मिलाएको तथा दमकल, एम्बुलेन्स, र पानी ट्याङ्करको पार्किङ वनकाली क्षेत्रमा मिलाइएको कोषले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण