बेनेटको अर्धशतक, जिम्बाब्वेद्वारा अस्ट्रेलियासामु १ सय ७० रनको लक्ष्य
सारांश
- जिम्बाब्वेले टी-२० विश्वकपमा अस्ट्रेलियालाई १७० रनको लक्ष्य प्रस्तुत गर्यो।
- ओपनर ब्रायन बेनेटले ६४ रन बनाए भने मारुमानी र बर्लले समान ३५-३५ रनको योगदान दिए।
- अस्ट्रेलियाका लागि स्टोइनिस र ग्रिनले १-१ विकेट लिए, तथा जिम्बाब्वेले ओमानलाई हराएको थियो।
कोलम्बाे । टी–२० विश्वकप अन्तर्गत समूह बीको खेलमा जिम्बाब्वेले अस्ट्रेलियासामु जितका लागि १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ। शुक्रबार कोलम्बोको प्रेमदासा स्टेडियममा जारी खेलमा जिम्बाब्वेले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको हो ।
टोलीका लागि ओपनर ब्रायन बेनेटले अर्धशतकीय पारी खेले । उनले ५६ बलमा ६४ रन बनाए । यसक्रममा उनले ७ चौका हिर्काए । उनले ओपनर टाडीवानासे मारुमानी र रायन बर्लसँग अर्धशतकीय साझेदारी गरेका थिए । मारुमानी र बर्लले समान ३५–३५ रनको योगदान दिए । खेलको अन्त्यतिर कप्तान सिकन्दर राजाले १३ बलमा २५ रन बनाए ।
उनले २ चौका र १ छक्का प्रहार गरे । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिस र क्यामरुन ग्रिनले १–१ विकेट हात पारे । दुवै टोलीको यो दोस्रो खेल हो । अस्ट्रेलियाले पहिलो खेलमा आयरल्याण्डलाई ६७ रनको विशाल अन्तरले हराएको थियो ।
जिम्बाब्वेले पनि पहिलो खेलमा ओमानमाथि ८ विकेटको सानदार जित हात पारेको थियो । टी(२० विश्वकपको इतिहासमा जिम्बाब्वेको पल्ला भारी छ। सन् २००७ को पहिलो संस्करणमा भएको एकमात्र भेटमा जिम्बाब्वेले अस्ट्रेलियालाई ५ विकेटले हराएको थियो।
रिकी पोन्टिङको कप्तानीमा रहेको र एडम गिलक्रिस्ट, म्याथ्यु हेडेन तथा ब्रेट ली जस्ता स्टार खेलाडीहरूले भरिएको अस्ट्रेलियाली टोलीविरुद्ध जिम्बाब्वेको त्यो प्रदर्शन ऐतिहासिक थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण