विद्यालय भ्यान दुर्घटनाका घाइतेमध्ये थप एकको मृत्यु
गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–३ हाडेपाखामा भएको भ्यान दुर्घटनामा घाइते भएका सुजल छन्त्यालको उपचारका क्रममा मृत्यु भएको छ ।
छन्त्यालसँगै बिहीबार भएको दुर्घटनामा मृत्यु हुने विद्यार्थीको सङ्ख्या दुई पुगेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका १३ वर्षीय सुजललाई धौलागिरि अस्पताल बागलुङमा उपचारपछि थप उपचारका लागि पोखरा लगिएकामा आज गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो ।
दुर्घटनाका घाइते अमन बोहोराको बिहीबार नै धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको धौलागिरि प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट किरण तिवारीले जानकारी दिए ।
दुर्घटनामा २६ जना घाइते भएका थिए । धौलागिरि प्रादेशिक अस्पतालमा उपचाररत १४ जनामध्ये १२ जना उपचारपछि घर फर्किएको र दुई जनाको उपचार भइरहेको तिवारीले बताए । अन्य आठ जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण