स्टार्टअप कर्जाका लागि १० हजारभन्दा बढी आवेदन, सरकारले फिल्डमै पुगेर निरीक्षण गर्ने
सारांश
- सरकारले सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जाका लागि स्थलगत निरीक्षण सुरु गर्ने भएको छ।
- १० हजारभन्दा बढीले कर्जाका लागि आवेदन दिएपछि मूल्यांकन प्रक्रियामा कडाइ गरिएको छ।
- स्थानीय तहका सहजकर्ताहरूले परियोजनाको स्थलगत जाँचबुझ गर्नेछन् र तस्बिर तथा भिडियो पेश गर्नेछन्।
काठमाडौँ । सरकारले उपलब्ध गराउने सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जाका लागि अपेक्षाभन्दा अत्यधिक आवेदन परेको छ ।
सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिनेहरुको ओइरो लागेपछि सरकारले अब स्थलगत निरीक्षण (फिल्ड भिजिट) गरेर मात्र प्रक्रिया अघि बढाउने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्तावित परियोजनाहरूको वास्तविकता र अवस्था बुझ्नका देशका स्थानीय तहहरूलाई पत्राचार गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्रका आधारमा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारहरूलाई आ–आफ्नो क्षेत्रमा रहेका प्रस्तावित परियोजनाहरूको निरीक्षण गर्न निर्देशन दिएको छ ।
स्टार्टअप उद्यम कर्जा प्रवाहका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले २१ दिनको म्याद राखेर प्रस्ताव आह्वान गरेको थियो । कात्तिक १९ गतेसम्मको उक्त समयसीमा भित्र देशभरबाट १० हजार २४४ जनाले कर्जाका लागि आवेदन दिएका छन्।
बजेट र कोटाभन्दा धेरै गुणा बढी आवेदन आएपछि कुन परियोजना वास्तविक हो र कसलाई कर्जाको आवश्यकता छ भन्ने यकिन गर्न मूल्यांकन प्रक्रियामा कडाइ गरिएको मन्त्रालयले जनाएको छ । कागजी प्रस्तावलाई मात्र आधार नमानी स्थलगत निरीक्षण गर्न लागिएको संघीय मन्त्रालयले जनाएको छ ।
अब स्थानीय तहमा कार्यरत उद्यम विकास सहजकर्ताहरूले निवेदकका परियोजना स्थलमै पुगेर जाँचबुझ गर्नेछन् । नयाँ व्यवस्था अनुसार सहजकर्ताले परियोजनाको भौतिक अवस्था जाँच गरी तोकिएको फारम भर्नुपर्ने, परियोजना झल्किने केही तस्बिरहरू लिनुपर्ने र कार्यस्थलको कम्तीमा एक मिनेटको भिडियो खिचेर संलग्न गरी पठाउनुपर्ने भनेको छ ।
यी विवरणका आधारमा वास्तविक उद्यमीको पहिचान गरी सहुलियतपूर्ण कर्जा प्रवाह गरिने तयारी सरकारको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण