अमेरिकाले नाइजेरियामा पठायो सेना
सारांश
- अमेरिकाले नाइजेरियामा बोको हराम र आईएसआईएस सम्बद्ध समूहको हिंसा नियन्त्रण गर्न १०० सैनिक पठाएको छ।
- अमेरिकी सैनिकहरूले प्राविधिक सहयोग, तालिम र गुप्तचर सूचना आदान प्रदान गर्नेछन्।
- गत हप्ता नाइजेरियामा भएको आक्रमणमा ४६ जनाको मृत्यु भएको थियो, जसले सुरक्षा चुनौती बढाएको छ।
नाइजर । नाइजेरियामा बोको हराम र आइएसआइएस सम्बद्ध समूहहरूको हिंसा बढ्दै गएपछि अमेरिकाले १०० जना सैनिकलाई उत्तरी नाइजेरियामा पठाएको छ । नाइजेरियाको रक्षा मुख्यालयका प्रवक्ता समाइला उबाले सोमबार सैनिकहरू बाउची क्षेत्रमा पुगेको पुष्टि गरेका हुन् ।
उनका अनुसार अमेरिकी सैनिकहरू प्रत्यक्ष लडाइँमा सहभागी हुने छैनन् । तर प्राविधिक सहयोग, तालिम र गुप्तचर सूचना आदान प्रदानमार्फत नाइजेरियाली सुरक्षा बललाई सहयोग गर्नेछन् ।
उनीहरूले आवश्यक उपकरणसमेत साथमा ल्याएको जनाइएको छ । यो निर्णय पछिल्ला दिनमा बढ्दो हिंसापछि आएको हो । गत सप्ताहान्त मोटरसाइकलमा आएका बन्दुकधारीहरूले उत्तरी नाइजेरियाका तीन गाउँमा आक्रमण गर्दा कम्तीमा ४६ जनाको मृत्यु भएको थियो । नाइजर राज्यको कोनकोसो गाउँमा मात्र कम्तीमा ३८ जनाको हत्या गरिएको थियो ।
नाइजेरिया लामो समयदेखि बोको हराम, इस्वाप र अन्य अपहरण तथा अवैध उत्खननमा संलग्न सशस्त्र समूहहरूको हिंसासँग जुधिरहेको छ । हाल छिमेकी साहेल क्षेत्रका लडाकु समूहहरू पनि सक्रिय हुन थालेपछि सुरक्षा चुनौती थप जटिल बनेको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार यस हिंसामा हजारौँ मानिस मारिएका छन् । विश्लेषकहरूका अनुसार आक्रमणमा इसाई र मुस्लिम दुवै समुदाय प्रभावित भए पनि मुस्लिम बहुल उत्तरी क्षेत्रमा अधिकांश घटना हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण