मोनाकोविरुद्ध पीएसजी विजयी
बुधबार, ०६ फागुन २०८२, ०४ : ३०
सारांश
- च्याम्पियन्स लिग प्लेअफमा पीएसजीले मोनाकोलाई ३-२ गोलले पराजित गर्यो र महत्त्वपूर्ण अग्रता लियो।
- मोनाकोका बालोगुनले सुरुमा दुई गोल गरे पनि पीएसजीका डुए र हाकिमीले गोल फर्काए।
- खेलमा मोनाकोका गोलोभिनले रातो कार्ड पाएपछि मोनाको थप संकटमा परेको थियो।
काठमाडौं । च्याम्पियन्स लिगको प्लेअफ अन्तर्गत आज सम्पन्न पहिलो लेगको खेलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले मोनाकोलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै पीएसजीले दोस्रो लेगका लागि महत्त्वपूर्ण अग्रता लिएको छ ।
खेलको सुरुवातमै मोनाकोका फोलारिन बालोगुनले १औँ र १८औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, पीएसजीका लागि डेजिरे डुएले २९औँ र ६७औँ मिनेटमा दुई गोल फर्काए भने अचराफ हाकिमीले ४१औँ मिनेटमा एक गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।
मोनाकोका अलेक्जेन्डर गोलोभिनले ४८औँ मिनेटमा रातो कार्ड पाउँदा मोनाको थप संकटमा परेको थियो ।
यस्तै, आजै भएको अर्काे खेलमा डर्टमुन्डले एटलान्टालाई २–० गोल अन्तरले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण