पशुपतिमा प्रहरीलाई आक्रमण गरेको आरोपमा एक जना युवक पक्राउ
बुधबार, ०६ फागुन २०८२, १२ : ५३
सारांश
- महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा प्रहरीलाई आक्रमण गर्ने युवक पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा मकवानपुरका रिजन श्रेष्ठ रहेका छन्, जसले प्रहरी जवानलाई लात्ताले हानेका थिए।
- सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको छ।
काठमाडौँ । महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आक्रमण गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भएर काठमाडौँ–१३ चाँगल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् ।
पशुपतिनाथ मन्दिर परिसरको बारमा बसेर उनले प्रहरी जवानलाई लात्ताले प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि प्रहरीले आरोपीको खोजी गरेको थियो । श्रेष्ठलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।
श्रेष्ठले लात्ताले प्रहार गरेपछि प्रहरीले पनि उनलाई लाठीले कुटेर बारबाट हटाएको भिडियोमा देखिन्छ । मंगलबार प्रहरीले सूचना प्रकाशन गरेर युवक पहिचानका लागी नागरिकसँग सहयोग मागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण