दक्षिण अफ्रिकाको लगातार चौथो जित
सारांश
- दक्षिण अफ्रिकाले यूएईलाई ६ विकेटले पराजित गर्दै टी-२० विश्वकपमा चौथो जित हासिल गर्यो।
- डेवाल्ड ब्रेभिसले सर्वाधिक ३६ रन बनाए भने कप्तान ऐडन मार्क्रमले २८ रन जोडे।
- यूएईले पहिले ब्याटिङ गर्दै १२० रन बनाएको थियो, जसमा अलिसान सराफुको ४५ रनको योगदान थियो।
नयाँ दिल्ली । टी–२० विश्वकप अन्तर्गत समूह डीको खेलमा दक्षिण अफ्रिकाले यूएईलाई ६ विकेटले हराएको छ । जितका लागि पाएको १ सय २३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३।२ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।
जारी प्रतियोगितामा टोलीको लगातार चौथो जित हो । समूह डीको शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिकाले ४ खेलबाट ८ अङ्क बटुलेको छ । यूएईले भने ४ मध्ये १ खेल क्यानडाविरुद्ध जितेको थियो । टोली यसअघि अफगानिस्तान र न्युजिल्याण्डसँग पराजित भएको थियो । यूएई प्रतियोगिताबाट बाहिरिइसकेको छ । दक्षिण अफ्रिका आजको खेलअघि नै सुपर ८ मा प्रवेश गरिसकेको थियो ।
दक्षिण अफ्रिकाको जितमा डेवाल्ड ब्रेभिसले सर्वाधिक ३६ रनको योगदान दिए । उनले २५ बलको सामना गर्दै १ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै, कप्तान ऐडन मार्क्रमले ११ बलमा २८ रन बनाउँदै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए । उनले ५ चौका र १ छक्का प्रहार गरे । रायन रिकेल्टनले १६ बलमा ३० रन जोडे । उनले ३ चौका र २ छक्का हिर्काए । क्विनटन डी ककले १६ बलमा १४ रन बनाए ।
यूएईका लागि मुहम्मद अर्फान, हैदर अली, मुहम्मद जवादुल्लाह र मुहम्मद फारुकले १–१ विकेट हात पारे । मंगलबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो ।
टोलीका लागि अलिसान सराफुले सर्वाधिक ४५ रन बनाए । उनले ३८ बलमा ५ चौका र १ छक्का प्रहार गरे । कप्तान मुहम्मद वसिमले १२ बलमा २२ रनको योगदान दिए । उनले ४ चौका प्रहार गरे ।
ओपनर तथा विकेटकिपर आर्यांंश शर्माले १७ बलको सामना गर्दै १ चौका र १ छक्का हिर्काए । मोहम्मद अरफानले ११ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यूएईलाई सस्तोमा समेट्न कोर्बिन बोस्चले ४ ओभरमा मात्र १२ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै, एनरिच नोर्टजेले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । जर्ज लिन्डेले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण