शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: नसुल्झिएको जसपाको मुद्दा, जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न किन ढिलाइ ?

बिहीबार, १४ फागुन २०८२, ०० : ०२
बिहीबार, १४ फागुन २०८२

सारांश

  • फागुन २१ गते हुने निर्वाचनका लागि सरकारले देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
  • जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधनलगायतका विषयमा जोड दिँदै उपनिर्वाचनको लागि तयारी गरेको छ।
  • प्रहरीले नक्कली उद्धार गरी बीमा रकम ठगी गर्ने थप दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न किन भयो ढिलाइ ?

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र आन्दोलनका कारण क्षतिसम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले फागुन २१ को निर्धारित निर्वाचनपछि मात्रै प्रतिवेदन बुझाउने भएको छ । एक महिनाअघि नै प्रतिवेदन लेखन पूरा भएको भनिएपनि अन्तिम समयमा आयोगको म्याद थप भएपछि आगामी सरकारले उक्त प्रतिवेदनलाई कसरी अगाडि बढाउँछ भन्ने अन्योल पनि छ ।

२. मन्त्रिपरिषद् बैठक

सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार सार्वजनिक गर्दै फागुन २० देखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।

३. नसुल्झिएको जसपाको मुद्दा

आगामी फागुन २१ गते हुने उपनिर्वाचनका लागि पनि जसपा नेपालले राजनीतिक, आर्थिक, सामाजिक, समावेशी तथा सांस्कृतिक लोकतन्त्रलाई संस्थागत गर्नेलगायत विषयहरूमा संविधानविज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरवलोकन आयोग गठन गरी उक्त आयोगको सुझावका आधारमा संविधान संशोधनरपरिमार्जन तथा पुनर्लेखन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । 

४. ग्राउन्ड जिरो धनुषा–३

निर्वाचन विशेष ‘ग्राउन्ड जिरो’ को क्रममा रातोपाटी अहिले मधेस प्रदेशको राजधानी जनकपुर आइपुगेको छ। 

५. जितको ह्याट्रिक

 फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा १८ उम्मेदवार जितको ह्याट्रिक दाउमा छन् । त्यस्ता अधिकांश नेताहरू पुरानै निर्वाचन क्षेत्र र राजनीतिक दलबाट यसपटक पनि उम्मेदवार बनेका छन् । यद्यपि केहीले भने निर्वाचन क्षेत्र र राजनीतिक दल फेरेका छन् । 

६. सर्लाही–४

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को रामनगर गाउँपालिका–४ मा रामनरेश महतोको घर अगाडि सोमबार स्थानीय युवा, महिला र वृद्धवृद्धाको लर्को थियो । केही युवा कुर्सी मिलाउँदै थिए, केही सोफा जस्ता कुर्सीहरू सफा गरेर अग्लो स्थानमा राख्दै थिए । अलि बलिया पुरुषहरू टेन्ट हाल्न हतारिरहेका थिए भने महिलाहरू फूलको माला तयार पार्न व्यस्त थिए । यो सबै तयारीको कारण थियो– गगन थापाको घरदैलो ।

७. खोकना विवाद 

राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को सुरु विन्दुको जग्गा विवाद सुल्झाउन नसकेपछि सरकारले यसको विकल्प खोजेको छ । विगत साढे आठ वर्षदेखि खोकनामा देखिएको जग्गा अधिग्रहण सम्बन्धी विवाद टुङ्गो नलागेपछि ललितपुरको फर्सिडोललाई वैकल्पिक सुरू विन्दु बनाउने तयारी भएको छ ।

८. विश्वकप

९. शरतसिंहको रेकर्ड 

महोत्तरी क्षेत्र नम्बर–२ मा यसपटक पनि शरतसिंह भण्डारी उम्मेदवार छन् । जनता समाजवादी पार्टी, नेपालमा आबद्ध छन् उनी अहिले । ४४ वर्षदेखि निरन्तर चुनाव लडिरहेका उनले यसपटक ‘अन्तिम हो’ हो भन्दै मतदातासँग भोट मागिरहेका छन् । चार दशकभन्दा लामो चुनावी यात्रामा उनले मात्र दुई पटक हार बेहोर्नुपरेको छ । २०४८ सालमा भाग लिएनन् भने ०७० सालमा भने उनी जनताबाट चुनिन पाएनन् ।

१०. एमालेको चुनावी रणनीति परिवर्तन

केपी शर्मा ओली पहिलो पटक नेकपा एमालेको नेतृत्वमा आएदेखि नै सो पार्टीले गर्ने हरेक सानाठुला भेला, सभा वा अन्य कार्यक्रमका ब्यानर वा पोस्टरहरूमा ओलीको तस्बिर हमेसा छुट्दैनथ्यो । अझ २०७४ पछिका दुई चुनावी प्रचार प्रसारमा त एमाले र उक्त पार्टीका उम्मेदवारहरूले ओलीको तस्बिर अङ्कित प्रचार सामाग्री छुटाएकै थिएनन् भन्दा पनि हुन्छ ।

११. फेक रेस्क्यु प्रकरण

हिमाली क्षेत्रमा पदयात्रामा जाने विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यु) गरी करोडौँ रुपैयाँ बीमा रकम ठगी गर्ने कार्यमा संलग्न थप दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।

१२. सोविताको बढी चर्चा

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १६ जना महिला उम्मेदवार मैदानमा उत्रिएका छन् । तर, चितवन–३ बाट उम्मेदवार बनेकी सोविता गौतम यस्तो पात्र बनेकी छिन्, जसलाई हरेक दिन चर्चाको विषय बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप