फागुन २१ को चुनावी तयारी अन्तिम चरणमा
सारांश
- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
- आयोगले मतदाता शिक्षा कार्यक्रम र निर्वाचन सामग्री जिल्लाहरूमा पठाइसकेको छ।
- आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूलाई जरिवाना गर्ने निर्णय आयोगले गरेको छ।
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुँदैछ । शुक्रबार आयोगले पत्रकार सम्मेलन गर्दै चुनावी तयारीको काम अन्तिम चरणमा पुगेको आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगका अनुसार मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सम्पूर्ण जिल्लामा पुगिसकेका छन् ।
त्यस्तै मतदाता शिक्षा कार्यक्रम ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा प्रदान गर्ने कार्य जारी रहेको आयोगले जनाएको छ ।
मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका थालेको तथा मतदान केन्द्र रहेका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायतका भौतिक संरचना मतदान कार्यमा उपयोग गर्नका लागि उपलब्ध गराइदिन नेपाल सरकार र सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको आयोगले जनाएको छ ।
निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनका क्षेत्रमा आवश्यक निर्णय आयोगबाट भइसकेका पनि आयोगले पत्रकार सम्मेलनमा जनाएको छ ।
त्यस्तै केन्द्रीय आचारसंहिता अनुगमन समितिले निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही गर्ने प्रक्रिया जारी राखेको जनाएको छ ।
‘आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन अधिकृत, सुरक्षा निकाय तथा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरू क्रियाशील छन्’, आयोगले भनेको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा इमेल, व्यक्तिगत दर्ता तथा सञ्चारमाध्यमबाट जानकारी लिइएका समेत २५४ उजुरीमध्ये ८८ वटा उजुरीमा स्पष्टीकरण सोधिएकोमा ५७ वटाको जवाफ प्राप्त भएको आयोगको भनाइ छ ।
स्पष्टीकरणमध्ये राजनीतिक दलहरूलाई सोधिएका स्पष्टीकरणको सङ्ख्या ४ र उम्मेदवारलाई सोधिएको स्पष्टीकरणको सङ्ख्या ३३ रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘त्यसबाहेक सरकारी/शैक्षिक संस्था/कर्मचारी तथा अन्य व्यक्तिलाई ५१ वटा स्पष्टीकरण सोधिएको छ। प्रदेशगत रूपमा कोशी प्रदेशमा ८, मधेस प्रदेशमा १३, बागमती प्रदेशमा ४०, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ७, कर्णाली प्रदेशमा ४, र सुदूरपश्चिम प्रदेशमा ४ वटा रहेका छन्’, आयोगले भनेको छ ।
कारबाहीको निर्णय
आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीका प्रक्रिया अन्तर्गत आयोगबाट सम्बन्धित राजनीतिक दल, उम्मेदवार तथा निकायबाट स्पष्टीकरण समेत लिई सोउपर जाँचबुझपछि कारबाहीको निर्णय गरेको छ ।
जसअन्तर्गत निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (झ) र (ण) विपरीत कार्य गरेकोमा नेपाली कम्युनिस्ट पार्टीका जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शक्ति बहादुर बस्नेतलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) तथा ऐ, आचारसंहिताको दफा ४८ को उपदफा (१) बमोजिम रु.२५,००० (पच्चीस हजार) जरिवाना गर्ने निर्णय गरेको छ ।
त्यस्तै, रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल जनसेवा पार्टीका उम्मेदवार डा. कमल भुसाल (निकोलस भुसाल) र श्रम संस्कृति पार्टीलाई पनि पच्चीस हजार जरिवाना गर्ने आयोगले निर्णय गरेको छ ।
यस्ता छन् अन्य निर्णयहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण