‘काठमाडौं-२ मा मैले चुनाव हारें भने सेवाभाव बोक्ने अर्को पुस्ताले हार्नेछ’
सारांश
- मुकुन्द कार्की काठमाडौं क्षेत्र नम्बर २ मा श्रम संस्कृति पार्टीबाट चुनाव लड्दै छन् र जित्नेमा आशावादी छन्।
- उनले आफू विपत्तिमा जनताको साथमा उभिएको र स्थानीय विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
- कार्कीले कांग्रेसमा लामो समय काम गरेर श्रम संस्कृति पार्टी रोजेको र युवा पुस्तासँग मिलेर काम गर्ने बताए।
काठमाडौं । मुकुन्द कार्की ‘मुकु’ काठमाडौं क्षेत्र नम्बर २ मा श्रम संस्कृति पार्टीबाट उम्मेदवार छन् । ‘रातोपाटी इलेक्सन फिभर’मा अन्तर्वार्ताको सुरुवात गर्दै गर्दा उनी आफूले चुनाव जित्नेमा निकै आशावादी देखिए ।
उनलाई सोधियो- पुराना र वैकल्पिक भनेर उदाएका अन्य दलहरूको चर्चा निकै रहेको बेला जेनजी आन्दोलनपछि खुलेको तपाईंको पार्टीलाई मतदातालाई के आधारमा जिताउलान् ?
उनले आफूले गरेका कामका फेहरिस्त सुनाए, ‘म जनताकै बीचमा भिजेको मान्छे हुँ । २०७२ सालको भूकम्पदेखि समाजमा आइपरेका हरेक विपत्तिमा म सधैँ जनताको साथमा उभिएको छु । मैले ती काम गर्दा म कुनै सार्वजनिक पदमा थिइनँ । पदमा नहुँदा पनि मैले समाजका लागि दिएको योगदानको मूल्याङ्कन पक्कै पनि यहाँका जनताले गर्नुहुनेछ ।‘
उनी आफूले हिजो दुःखको बेला साथ दिने कोसिस गरेकाले आज मतदातासँग भोट माग्ने आफ्नो नैतिक हक भएको रूपमा समेत अर्थ लगाउँछन् । ‘मेरो जित भनेको केवल मुकुन्द कार्कीको जित होइन, यो सम्पूर्ण क्षेत्रका जनताको जित हुनेछ,’ उनी भन्छन् ।
काठमाडौं-२ मा प्रभावशाली उम्मेदवारहरू प्रतिस्पर्धामा देखिन्छन् । जहाँ नेपाली कांग्रेसबाट कबिर शर्मा, नेकपा एमालेबाट मणिराम फुँयाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुनिल केसी, नेपाली कम्युनिस्ट पार्टीबाट नितेश पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्ती पोखरेल चुनावी मैदानमा छन् ।
‘यस क्षेत्रमा उम्मेदवारी दिनुभएका अन्य २८ जना उम्मेदवारप्रति मेरो उच्च सम्मान छ । उहाँहरू सबै जना यही क्षेत्र र देशको विकास गर्ने हुटहुटी बोकेरै आउनुभएको होला । सबै उम्मेदवार आ-आफ्नो ठाउँमा योग्य हुनुहुन्छ,’ कार्की भन्छन्, ‘तर अन्तिम फैसला गर्ने अधिकार त यहाँका सचेत जनताको हातमा छ । मलाई पूर्ण विश्वास छ, जनताले हामीमध्येबाट सबैभन्दा अब्बल उम्मेदवार छान्नुहुनेछ र त्यो छनोटमा म नै पर्नेछु ।‘
विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रहेका कार्की लामो समय कांग्रेससँग जोडिएर काम गरे । हाल उनी हर्क सम्पाङको श्रमदान र श्रम संस्कृतिको विचारबाट प्रभावित भएर श्रम संस्कृति पार्टीमा आवद्ध भएका हुन् ।
‘मैले नेपाली कांग्रेसको विद्यार्थी राजनीति (नेविसंघ) देखि सुरु गरेर वडा, एकाइ र जिल्ला तहसम्म काम गरेँ । तर त्यो अवधिमा मैले के देखेँ भने यहाँबाट पटक–पटक विभिन्न ठुला पार्टीले चुनाव जितेर गए, तर यस क्षेत्रको अवस्था जस्ताको तस्तै रह्यो,’ उनी भन्छन्, ‘३४ वर्षदेखि हामीले केवल ‘अब विकास हुन्छ’ भन्ने खोक्रो भाषण मात्र सुन्यौँ । अब हामी सबै स्थानीय जनता, युवा, विज्ञ र नयाँ पुस्ता (जेनजी) मिलेर यो क्षेत्रको विकास गर्नुपर्छ भन्ने निष्कर्षमा म पुगेको हुँ ।‘
काठमाडौं-२ का उम्मेदवार कार्कीसँग चुनावी घरदैलो, एजेन्डा र श्रम संस्कृति पार्टीसँग सम्बन्धित रहेर गरिएको कुराकानी भिडियोमा हेर्न-सुन्न सकिन्छ ।
भिडियो : आयुष धामी/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण