इरान–इजरायल युद्ध
इरानद्वारा कतारमाथि मिसाइल प्रहार, ८ जना घाइते
आइतबार, १७ फागुन २०८२, ०३ : १५
सारांश
- इरानले कतारलाई निशाना बनाएर गरेको मिसाइल आक्रमणमा ८ जना घाइते भए।
- कतारको गृह मन्त्रालयका अनुसार मिसाइलका छर्राहरू खस्दा एक जनाको अवस्था गम्भीर छ।
- कतारको परराष्ट्र मन्त्रालयले इरानको यस कदमको भर्त्सना गर्दै लापरबाहीपूर्ण र गैर जिम्मेवार कार्य भनेको छ।
काठमाडौँ । इरानले आइतबार कतारमाथि गरेको मिसाइल आक्रमणमा परी ८ जना घाइते भएका छन् । कतारको गृह मन्त्रालयका अनुसार मिसाइलका छर्राहरू खस्दा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ ।
गृह मन्त्रालयका जनसम्पर्क प्रमुख अब्दुल्लाह खलिफा अल–मुफ्ताहले टेलिभिजन सम्बोधनमार्फत कतारमा ६६ वटा मिसाइल प्रहार भएको पुष्टि गरे । उनका अनुसार देशभरका ११४ स्थानबाट मिसाइलका छर्राहरू खसेको रिपोर्ट प्राप्त भएको छ ।
यसैबिच, कतारको परराष्ट्र मन्त्रालयले इरानको यस कदमको भर्त्सना गरेको छ । मन्त्रालयका जनसम्पर्क प्रमुख इब्राहिम सुल्तान अल–हाशेमीले इरानले बारम्बार कतारलाई निशाना बनाउनु ‘लापरबाहीपूर्ण र गैर जिम्मेवार’ कार्य भएको बताएका छन् ।
उनले इरानको यो सैन्य कदम ‘असल छिमेकीपन’ को सिद्धान्त र अन्तर्राष्ट्रिय मान्यता विपरीत रहेको समेत उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण