बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
‘इलेक्सन फिभर’मा मेनुका भण्डारी ‘कृतु’

‘जेनजीका मुद्दा हाम्रो पार्टीका एजेन्डासँग मिल्छन्’

आइतबार, १७ फागुन २०८२, २० : २३
आइतबार, १७ फागुन २०८२

सारांश

  • पत्रकार मेनुका भण्डारी काठमाडौं क्षेत्र नम्बर १ बाट नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छिन्।
  • उनले महिला हिंसा, भ्रष्टाचार र सुशासनका मुद्दा उठाउँदै आएकी छिन्, र चुनावमा आफ्नो एजेन्डा प्रस्तुत गरेकी छिन्।
  • भण्डारीले भ्रष्टाचार अन्त्यका लागि शून्य सहनशीलता र महिला मुद्दालाई नीतिगत तहमा लैजाने प्रतिबद्धता जनाइन्।

काठमाडौं । पत्रकारिता र सामाजिक अभियानमा सक्रिय मेनुका भण्डारी ‘कृतु’ राजनीतिको औपचारिक यात्रामा निस्किएकी छिन् । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उनी काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेकी छिन् ।  

माइतीघर मण्डलामा महिला हिंसा, भ्रष्टाचार र सुशासनका पक्षमा निरन्तर आवाज उठाउँदै आएकी भण्डारी बेलारुसमा अलपत्र नेपाली महिलाको उद्धार र रुसी सेनामा भर्ती भएका नेपाली युवाहरूको मुद्दा उठाएर चर्चामा आएकी हुन् । अहिले चुनावी घरदैलोमा सक्रिय ढंगले लागिपरेकी उनी मत परिणाम आफ्नै पक्षमा आउनेमा आशावादी देखिन्छिन् । 

‘रातोपाटी इलेक्सन फिभर’मा अन्तर्वार्ताका क्रममा जेनजी आन्दोलनको बलमा निर्वाचन हुन लागे पनि पुरानै राजनीतिक दलहरूको औचित्य अझै रहेको दाबी गरिरहेकी थिइन् । 

‘हामी जेनजी युवाहरूले उठाएका एजेन्डा बोकेर आएका हौं । सामाजिक सञ्जाल खोलिनुपर्छ, भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ भनेर । नेपाली कम्युनिस्ट पार्टी भनेकै श्रमजीवी, गरिब, उत्पीडित र न्यायको पक्षमा लड्ने पार्टी हो र संविधानले दिएको मौलिक हक जीवनमा लागु हुनुपर्छ भनेर विद्रोह गरेका हुन्,’ उनी भन्छिन्, ‘जेनजी आन्दोलनले खोजेको सुशासन र भ्रष्टाचारको अन्त्य हाम्रो पनि प्रमुख एजेन्डा हो ।‘
 
भण्डारीले भ्रष्टाचार अन्त्यका लागि आफ्नो पहिलो सर्त 'शून्य सहनशीलता' भएको बताइन् । ‘कमिसनतन्त्र लगायत राज्यका हरेक तहमा हुने अनियमिततामा मेरो कडा खबरदारी रहनेछ,’ उनी भन्छिन्, ‘महिलाका मुद्दाको हकमा म हिजो पनि सडकबाट लडिरहेकै थिएँ । निर्मला पन्त, आरती साह, आस्था बस्नेत, बिनु यादव लगायतका न्यायका आन्दोलनमा मैले नेतृत्वदायी भूमिका खेलेकी छु । दाइजोको निहुँमा हत्या गरिएकी मधेस प्रदेशकी आरती साहको परिवारले न्याय माग्दै माइतीघर मण्डलामा एक वर्षसम्म धर्ना दिँदा म उहाँहरूको साथमै थिएँ । संसद्‌मा पुगेपछि यी सडकका मुद्दालाई म नीतिगत तहमा रूपान्तरण गर्छु ।‘

उम्मेदवार भण्डारीसँग चुनाव, एजेन्डा र राजनीतिमा केन्द्रित रहेर गरिएको कुराकानी भिडियोमा हेर्न-सुन्न सकिन्छ ।

भिडियो : आयुष धामी/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम रिसाल
खेम रिसाल

खेम रिसाल रातोपाटीका कपी एडिटर हुन् ।

लेखकबाट थप